Back

ⓘ सेल्फी डाँडा सुरुङ्गा




                                     

ⓘ सेल्फी डाँडा सुरुङ्गा

ह्याप्पील्यान्ड फनपार्क अर्थात् सेल्फी डाँडाको नामले प्रसिद्ध यो झापा जिल्लाको कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्यान्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । यो सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको छ । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् । फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको सेल्फी डाँडाले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमा पनि राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ । शनिवार चाडपर्वमा अत्यन्त भीड लाग्छ यहाँ भारत बङ्गलादेश र भूटानबाट पर्यटक घुम्न आउने गरेका छन् ।