Back

ⓘ रानी कोमल




                                     

ⓘ रानी कोमल

कोमल राज्य लक्ष्मी देवी शाह नेपालको महारानी थिइन् । उनी २०६५ जेठ १५ मा नेपालको राजतन्त्र अन्त्य हुनु अघि नेपालको अन्तिम महारानी थिइन् ।

                                     

1. जीवन

रानी कोमल को जन्म बागमती, काठमाडौँमा राणा परिवार मा पिता केन्द्र शमशेर जबरा १९८४-२०९३ र आमा श्री राज्य लक्ष्मी देवी शाह १९८५-२०६२) भएको थियो । रानी कोमल को दिदी ऐश्वर्य को बिवाह राजा वीरेन्द्रसँग भएको थियो । २०५८ जेठ २८ मा भएको दरवार हत्याकाण्ड मा ऐश्वर्यको हत्या भएको थियो । कोमल त्यस घटनामा घाइते भएकी थिइन् र अस्पतालमा चार हप्ता बिताउनु परेको थियो ।

हत्याकाण्डमा राजा बिरेन्द्र, युवराज दिपेन्द्र राजकुमार निराजन वीर विक्रम शाहको हत्या भएपछी राजगद्दीमा उनका पति ज्ञानेद्र बसे । यसरि कोमल महारानी बनिन् ।

कोमलको बहिनि प्रेक्षाको बिबाह अधिराजकुमार धिरेन्द्रसँग भएको थियो । धिरेन्द्रको हत्या दरबार हत्याकाण्डमा भएको थियो भने प्रेक्षाको मृत्यु हेलिकप्टर दुर्घटनामा भएको थियो । उनीहरूको २०४६ मा सम्बन्ध विच्छेद भएको थियो ।

उनको बिबाह अधिराजकुमार ज्ञानेन्द्र शाहसँग बैशाख १८, २०२७ भएको थियो । उनीहरूको दुई सन्तान थिए ।

  • राजकुमारी प्रेरणा जन्म फाल्गुण ९, २०३४
  • युवराज पारस शाह जन्म: पौष १५, २०२८
                                     

2. सम्मान

राष्ट्रिय सम्मान
  • राजा ज्ञानेन्द्र राज्याभिषेक पदक 04/06/2001
  • गोरखा दक्षिण बाहु 1975
  • नेपाल प्रताप भास्कर 17/10/2001
  • राजा बिरेन्द्र राज्याभिषेक पदक 24/02/1975
  • राजा महेन्द्र राज्याभिषेक पदक 02/05/1956
  • विशेष सेवा 1999
  • ओजस्वी राज्य 07/04/2004
  • राजा बिरेन्द्रको गद्दी आरोहण रजत महोत्सव पदक 31/01/1997
  • त्रिशक्ति पट्ट 1998
  • विशेष सेवा 1971
  • ओम राम पट्ट 1980
विदेशी सम्मान
  • France: नेसनल अडर अफ मेरिट 02/05/1983
  • Spain: इसाबेल द क्याथोलिक13/11/1987
  • Thailand: ह्वाइट इलाफेन्ट 1979