Back

ⓘ आपारात




आपारात
                                     

ⓘ आपारात

आपारात एक इरानी श्रव्य दृश्य साझेदारी सेवा हो जुन फेब्रुअरी २०११ मा सुरु भएको थियोे र त्यसको दुई महिना पछि १३ अप्रिल २०११ मा आधिकारिक रूपमा यसले सेवा सञ्चालन गरेको थियोे । आपारात साथसाथै कोल्ब र मिहनब्लग वेबसाइटहरू, साबा आइडिया टेक कम्पनी द्वारा सुरु गरिएको थियो र यी सबै वेबसाइटहरू मोहम्मद जाभद शोकौरी मोगहादमद्वारा व्यवस्थित गरिएको छ । साझेदार गरिएका श्रव्य दृश्यहरूको सजिलो पहुँचको लागि, यो वेबसाइटले श्रव्य दृश्यहरूलाई व्यक्तिगत, प्रकृति, शैक्षिक, मनोरञ्जन आदि जस्ता विभिन्न वर्गहरू अन्तर्गत व्यवस्थित गरेको छ । सन् २०१३ मा मल्टीमीडियाको क्षेत्रमा इरान वेब फेस्टिवल मा विशेषज्ञहरु द्वारा यसलाई उत्कृष्ट वेबसाइटको रूपमा चयन गरिएको थियोे र २०११ मा सर्वश्रेष्ठ चलचित्र वेबसाइटको रूपमा पनि चयन गरिएको थियो ।

                                     

1. इतिहास

इरानमा धेरै अन्तर्राष्ट्रिय श्रव्य दृश्य साझेदारी सेवाहरू प्रतिबन्धित भएपछि, आपारात इरानी प्रयोगकर्ताहरू माझ फेब्रुअरी २०१० मा पेश गरिएको थियो । आपारातको सेवा सुरु भएको एक बर्स पछि, फेब्रुअरी २०११ मा यसले एन्ड्रोइड संस्करणमा आफ्नो सेवा सञ्चालन गरेको थियो । एक वर्ष भन्दा बढी पछि, डिसेम्बर २०१२ मा, यसमा दर्ता भएका श्रव्य दृश्यहरूले दैनिएक लाख भन्दा बढी दर्शकहरू पाएको थियोे । जुलाई २०१३ मा, आपारातको आईओएसको संस्करण निस्कासन गरिएको थियो । त्यसपछि त्यस वर्ष नोभेम्बर २०१३ मा, पहिलो अनलाइन फोटो प्रतियोगिता जसलाई "तेहरान अतिथि" भनिन्छ जसलाई यसले तेहरान नगरपालिकाको सहयोगमा आयोजित गरेको थियो । पछि मार्च २०१४ मा एन्ड्रोइडमा आपारातको दोस्रो संस्करण जारी गरिएको थियो । अप्रिल २०१४ मा, इरानको इस्लामी गणतन्त्रका राष्ट्रपतिले अपारातमा आफ्नो खाता सिर्जना गर्य र यस सेवामा पहिलो आधिकारिक च्यानल पेश गरिएको थियोे । राष्ट्रपति पछि, सञ्चर मन्त्रीले पनि आपारातमा एक आधिकारिक च्यानल सिर्जना गरे र यो इरानमा सामाजिक सञ्जालको रूपमा सक्रिय रूपले अधि बढेको थियोे ।

                                     

2.1. श्रव्य दृश्य विशेषता श्रव्य दृश्य चल्ने क्षमता

आपारातमा श्रव्य दृश्य फाइलहरू सबै प्रयोगकर्ताहरूलाई पहुँच योग्य छन् त्यसैले पहिला सदस्यता बिनानै यो सेवाको श्रव्य दृश्य सामग्री हेर्न सक्दछन् । तथापि, आपारातमा हादिएका केही श्रव्य दृश्यहरू सार्वजनिकको लागि पहुँच योग्य छैनन् जसलाई भुक्तानी आवश्यक पर्दछ । उर्ध्वभरण गरिएका श्रव्य दृश्य सार्वजनिक रूपमा वा मात्र प्रयोगकर्ताको पहुँचमा रहने भन्ने निर्णय सामग्री उर्ध्वभरण गर्नेको हातमा रहेको हुन्छ ।

                                     

2.2. श्रव्य दृश्य विशेषता गुणस्तर र ढाँचा

आपारातमा प्रयोगकर्ताले यस सेवामा श्रव्य दृश्यहरू विभिन्न ढाँचाहरू उर्ध्वभरण गर्न सक्दछन् । आपारातमा सम्भव ढाँचाको सूची तल रहेको छ: