Back

ⓘ सेती गण्डकी नदी




सेती गण्डकी नदी
                                     

ⓘ सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।

                                     

1. किंवदन्ती

नेपाली प्रचलनमा रहेको कुनैकुनै किंवदन्ती तथा कथाहरूमा सेती गण्डकी नदी र कालीगण्डकी नदीलाई दिदिबहिनी भन्ने पनि गरिन्छ । सेती नदीलाई दिदी र काली नदीलाई बहिनी भन्ने गरिन्छ । बहिनी काली नदी लुकेर भागेकाले नकराइ हिडेको वा शान्तिपूर्ण बगेको र दिदी सेती चाहिँ बहिनीको खोजिमा बहिनीलाई बोलाउदै हिडेकाले गज्रिदै ठूलो आवाजले कराउँदै बगेको छ ।