Back

ⓘ जर्मनीको एकीकरण




जर्मनीको एकीकरण
                                     

ⓘ जर्मनीको एकीकरण

मध्य युरोप स्वतन्त्र राज्यहरु लाई आपसमा मिलाएर १८७१ मा एक राष्ट्र-राज्य जर्मन साम्राज्य को निर्माण गरियो । यस ऐतिहासिक प्रक्रियाको नाम जर्मनीको एकीकरण थियो । यस अघी यो भूभाग ३९ राज्यहरूमा विभाजित थियो । यी मध्ये अस्ट्रिया साम्राज्य तथा प्रसा राजतन्त्र आफ्नो आर्थिक तथा राजनीतिक महत्त्वको लागि प्रसिद्ध थिए ।

जर्मनीका जनतामा राष्ट्रिय भावना थियो। देश भित्र अनेक गुप्त समितिहरू बनेका थिए । यि समितिहरू नवीन विचारहरूको प्रचार्-प्रसार गरिरहेका थिए । यही कारण १८३० ई. र १८४८ ई. मा फ्रान्समा भएको क्रान्तिको प्रभाव यहाँ पनि पर्‍यो र यहाँका जनताले पनि विद्रोह गरे । यद्यपि यो क्रान्ति असफल भए तथापि यसबाट देशको जनतामा राजनीतिक चेतनाको आविर्भाव भयो ।

१८६० ई. मा जब इटलीको एकीकरण हुँदै गयो तब जर्मन जनतामा पनि आशाको सञ्चार भयो र उनीहरू पनि एकीकरणको दिशामा गतिशील भए । इटलीको एकीकरण कार्य पिडमण्टको राजाको नेतृत्वमा भईरहेको थियो । यसै गरी जर्मन देशभक्तहरूले प्रशाको नेतृत्वमा जर्मनीको एकीकरण कार्य सम्पन्न गर्ने निश्चय गरे । यस समय प्रशा का शासक विलियम प्रथम तथा चान्सलर बिस्मार्क थिए । तर यी जर्मन देशभक्तहरूको अगाडि दुई प्रमुख चुनौती थिए -

  • आस्ट्रियाको प्रभुत्वबाट छुटकारा पाउनु,
  • जर्मन-राज्यहरूलाई प्रशाको नेतृत्वमा संगठित गर्नु।

सीडान को युद्ध पश्चात दक्षिण जर्मनीको चार राज्यहरु - बवेरिया, बादेन, बुटर्मवर्ग र हेंसलाई जर्मन सङ्घ मा समाबेश गरेर त्यसलाई जर्मनी जर्मन साम्राज्य एक नयाँ नाम दिइयो । प्रशा को राजा जर्मनी को पनि शासक घोषित गरियो। यस प्रकार जर्मनी को एकीकरण पूर्ण भयो । १८ जनवरी १८७१ ई. मा विलियम प्रथम को राज्याभिषेक जर्मनीको सम्राटको रूप मा भयो । यस असम्भव जस्तो लाग्ने कार्य लाई पुरा गर्ने श्रेय बिस्मार्क लाई जान्छ।