Back

ⓘ श्री भोज प्रकाश मा. वि.




श्री भोज प्रकाश मा. वि.
                                     

ⓘ श्री भोज प्रकाश मा. वि.

यस विद्यालय स्याङ्जा जिल्लाको पुर्वी भेग किचनास गा. वि. स. वडा नं ९ सालडाँडा भन्ने ठाउँमा अवस्थित रहेको छ । जुन विद्यालयको स्थापना वि.स. २०१८ सालमा भएको थियो । जहाँ कक्षा शिशु देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।

यस विद्यालयले प्रत्येक वर्ष पुस १४ गते आफ्नो वार्षिकोत्सब विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछ ।

                                     

1. इतिहास

स्थापना तथा नामाकरण

राणा शासनको अन्त्य पछि नेपालमा औपचारिक रूपबाट शिक्षा आर्जन गर्ने परम्परासँगै स्याङ्जा जिल्लाको दुर्गम स्थानमा रहेकोे सालडाँडामा पनि २०१६ सालबाट शिक्षा आर्जन गर्ने लहरको सुरुवात देखा पर्यो। वि.सं. २०१७ साल पौष १५ गते स्थानीय संस्कृति र परम्पराअनुसार भोज खान जम्मा भएका स्थानीय बासिन्दाहरूले विद्यालय स्थापना गरी आफ्ना सन्ततिलाई शिक्षा आर्जन गराउने चाहना पूरा हुने अवस्था देखिएपछि समाजसेवी श्री टेकबहादुर रानाले विद्यालय स्थापना गर्ने प्रक्रियालाई निरन्तरता र नेतृत्व दिनु भएको थियो । यसरी विद्यालय स्थापनाको निर्णय भएपछि भोज खानका लागि जम्मा भएका स्थानीयबासी सोही अवसरमा विद्यालय स्थापना गर्ने निर्णय भएको हुँदा विद्यालयको नाम भोज प्रकाश नामकरण गरिएको थियो । त्यसपछि नेतृत्व दिने श्री टेकबहादुर रानाले नै देउचन रानाको घर अगाडि ठूलो गह्रामा कक्षा सञ्चालन गर्नु भएको थियो ।

                                     

2. बह्य सुत्रहरू

  • भोज प्राकाश माध्यमिक विद्यालयको आधिकारिक वेबसाइट
  • हाम्रो सालडाँडा नामक सालडाँडाको आधिकारिक फेसबुक ग्रुप पेज
  • सालडाँडा गाउँको एक चिनारी, युट्युब भिडियोबाट