Back

ⓘ कन्काई नदी




कन्काई नदी
                                     

ⓘ कन्काई नदी

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ ।