Back

ⓘ भरतपुर गोल्डकप २०७६




                                     

ⓘ भरतपुर गोल्डकप २०७६

भरतपुर गोल्डकप चितवनको भरतपुरमा पहिलो पटक आयोजना भएको एक फुटबल प्रतियोगिताको हो। यो प्रतियोगिता एजे इन्टरनेशनलले नारायणगढ क्याम्पाचौरमा वैशाख २४ गते देखि जेठ ४ गते सम्म सञ्चालन गरेको थियो। यस प्रतियोगितामा ए डिभिजन लिगका सात र मोफसलका पाँच गरी १२ टोलीहरूको सहभागिता रहेको थियो। हाल यस प्रतियोगितालाई पुरानो मेडिकल कलेज भरतपुरले प्रायोजन गरेको छ भने सह प्रायोजकको रूपमा एक्सपर्ट एजुकेसन भिसा सेन्टर तथा सहयोगी संस्थाको रूपमा एन्फा, राष्ट्रिय खेलकुल परिषद चितवन, एष्ट्रल युथ सोसाइटी, भरतपुर महानगरपालिका र गोल नेपाल रहेका छन्।

प्रतियोगिताको विजेता बन्दै सङ्कटा क्लबले रु ६ लाखसहित गोल्डकप र मेडल र द्वितीय भएको झापा ११ले रु तीन लाख नगद पुरस्कार हात पारेका थिए। प्रतियोगितामा चार विधाका सर्वोत्कृष्ट खेलाडीलाई जनही रु २० हजार, सर्वोत्कृष्ट खेलाडीलाई रु ४० हजार प्रत्येक प्रतियोगिताको उत्कृष्ट खेलाडीहरूले म्यान अफ द म्याचलाई रु १० हजार प्रदान गरिएको थियो। प्रतियोगिताको प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले एक समारोहबीच उद्घाटन गरेका थिए भने विजयी टोली र खेलाडीलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पुरस्कार कप प्रदान गरेकी थिइन्।

ए-डिभिजन लिगको क्लब सङ्कटाले रमपम झापा–११ लाई ३–० ले पराजित गर्दै सीएमएस भरतपुर गोल्डकप २०७६ फुटबल प्रतियोगिताको विजेता बनेको थियो।