Back

ⓘ सहिद स्मारक सी-डिभिजन लिग २०७५




                                     

ⓘ सहिद स्मारक सी-डिभिजन लिग २०७५

सहिद स्मारक सी-डिभिजन लिग २०७५ तेस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो जुन फागुन २२ देखि १५ चैत २०७५ सम्म आयोजना गरिएको थियो। यसलाई अखिल नेपाल फुटबल सङ्घले सञ्चालन गरेको थियो।

लिगको विजेता बन्दै खालीबारी युवा क्लबले नगद रु पाँच लाख र उपविजेता बन्दै ओएसिस क्लबले नगद रु तीन लाख प्राप्त गरेका थिए। यसैगरी विधागत उत्कृष्टले रु २५ हजार प्राप्त गरेका थिए।

                                     

1. सहभागी टोलीहरू

सहिद स्मारक सी-डिभिजन लिग २०७५ मा ११ वटा टोलीहरूले सहभागीता जनाएका थिए जसमध्ये ९ वटा टोलीहरू अघिल्लो संस्करणका रहेका थिए भने २ वटा टोलीहरू भने सहिद स्मारक बि-डिभिजन लिगबाट रेलिगेसनमा परि सी-डिभिजन लिगमा आएका थिए।