Back

ⓘ रमेशनाथ पाण्डे




                                     

ⓘ रमेशनाथ पाण्डे

रमेशनाथ पाण्डे नेपाली पत्रकार, राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन्। उनले आफ्नो वृती पत्रकारिकाबाट प्रारम्भ गरे। राजनीतिमा विभिन्न मन्त्रालयहरूको नेतृत्व गरे भने अन्तराष्ट्रिय क्षेत्रमा नेपालको दौत्य सम्बन्ध र कुटनैतिक सम्बन्धमा महत्त्वपूर्ण भुमिका निभाए।

                                     

1. पत्रकारिता

उनी १४ वर्षको उमेरमा नै जनता दैनिकको सम्पादक बनेका थिए। पत्रकारिता काम गर्दै जाँदा राजनीतिकर्मीहरूसँग उनको भेटघाट बाक्लिदै गयो। उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका बेलामा अन्तर्वार्ता लिने अवसर पाएका थिए।

उनले २०१८ साउनमा नयाँ सन्देश पत्रिका प्रकाशित गरेका थिए।