Back

ⓘ अनुशीलन समिति




अनुशीलन समिति
                                     

ⓘ अनुशीलन समिति

अनुशीलन समिति भारतको स्वतन्त्रता सङ्ग्रामको समयमा बङ्गालमा स्थापना भएको अङ्ग्रेज विरोधी गुप्त, क्रान्तिकारी, सशस्त्र संस्था थियो जुन बङ्किमचन्द्र चट्टोपाध्यायको अभ्यासको विचारधारा द्वारा गठन गरिएको थियो। यो समूह बीसौँ शताब्दीको प्रारम्भिक भागमा ढाका र कोलकाता वरिपरि केन्द्रित भएको थियो। यद्यपि ढाकाको केन्द्र कलकत्ता भन्दा फराकिलो रहेको थियो।

अभ्यास टोली र यसका साथ जुगन्तर टोलीले सहरको पछाडिपट्टि गतिविधिहरू सञ्चालन गरेको थियो। यस संस्थाको आरम्भ सन् १९०२ मा भएको थियो। यस संस्थाको प्रमुख कार्यलय पहिलन ढाकामा स्थापना भएको थियो भने पछि यसको अर्को प्रमुख कार्यलय कलकत्तामा पनि स्थापना भएको थियो। यस संस्थाको गतिविधिको प्रचार ग्रामीण क्षेत्र देखि सबै क्षेत्रहरूमा फैलिएको थियो।

यस संस्थाको प्रमुख गतिविधिहरू भनेको विभिन्न स्थानहरूको शाखा मार्फत युवाहरूको एकत्रित गर्ने थियो र पछि यस संस्थाले युवाहरूलाई अङ्ग्रेज विरुद्धको आन्दोलनमा भाग लिनेका लागि मानसिक तथा शारीरिक रूपमा शक्तिशाली बनाएको थियो। यस संस्थाको गुप्त योगना बम उत्पादन गर्नु, शास्त्र परीक्षामा गर्नु वा अङ्ग्रेज अधिकारीहरू माथि हमला गर्नु थियो। अनुशीलन समितिका सक्रिय सदस्यले भारतीय अधिकारीहरू माथि हमला गर्न पछि परेका थिइनन् जसले अङ्ग्रेजको साथ दिन्थे। यस संस्थाको प्रतीक चिन्हमा प्रयोग गरिएको भाषाले यस संस्थाले देशलाई खण्डित गर्नुबाट बचाउनु थियो।

                                     

1. प्रसङ्ग

१८अौँ शताब्दीको मध्यमा भारतीय मध्यम वर्गको उत्थानले ब्रिटिस इष्ट इण्डिया कम्पनी र स्थानीय शासकहरूको बिच "भारतीय" राष्ट्र चेतना उत्पन्न भएको थियो। उन्नाइसौँ शताब्दीको अन्तदेखि नै यो राष्ट्रवादबाट भारतीय राष्ट्रवादको उदय भएको थियो। सन् १८८५ मा एलन ओक्टाभियन ह्युम द्वारा स्थापित भारतीय राष्ट्रिय काङ्ग्रेस विस्तारै राजनीतिक उदारीकरण, स्वायत्तताको विस्तार सामाजिक सुधारको मागको लागि मञ्च बनाएको थियो। यद्यपि बङ्गला र पञ्जाबमा राष्ट्रवादी आन्दोलनहरू सशस्त्र थिए। बम्बई, मद्रास र दक्षिणका अन्य क्षेत्रहरूमा भए पनि क्रान्तिकारी राष्ट्रवादी आन्दोलन सिमित सिमामा शुरू भएको थियो।

                                     

2. ढाका अनुशीलन समिति

ढाकामा बिपिन चन्द्र पालले सन् १९०५ मा बङ्गाभवनको विरुद्ध जलन गरेपछि पहिलोपटक ढाका सरकारी कलेजका शिक्षकको नेतृत्वमा र त्यसपछि ढाका राष्ट्रिय विद्यालयका संस्थापक पुलिन बिहारी दासको नेतृत्वमा एक हिन्दू युवा समाज गठन भयो। अभ्यास सङ्घको प्रत्येक शाखा पूर्ण रूपमा स्वतन्त्र थियो तर यसको अभ्यास सङ्घसँग सीधा सम्बन्ध थियो। भारतमा प्रख्यात ब्रिटिश विरोधी आन्दोलनकर्ता सचिन्द्र प्रसाद बसु ढाका अनुशीलन सङ्घका निरीक्षक थिए।

                                     

3. विश्वयुद्ध पश्चात्

सन् १९२६ मा काकोरी क्रान्तिको सुरुवात भएको थियो भने बेलायती सरकारले यसको विरुद्ध र काकोरी षड्यन्त्रको मुद्दा चलाएको थियो। यस मुद्दामा पण्डित रामप्रसाद बिसमिल, राजेन्द्र लाहिडी, ठाकुर रौशन सिङ, असफाकउल्लाह खानलाई फाँसीको सजाय सुनाइएको थियो। मन्मथ गुप्तालाई १३ वर्ष र योगेशचन्द्र च्याटार्जी, गोविन्दचरण कार, सचिन्द्रनाथ बक्सी, मुकिन्दीलाल, राजकुमार सिङ, रामकृष्ण क्षेत्रीलाई १० वर्षको कारागार सजाय सुनाइएको थियो। यसबाहेक विष्णु शरण दुल्बिश, सुरेशचन्द्र भट्टाचार्यलाई ७ वर्ष, भूपेन्द्रनाथ सान्याल, राम दुलारी त्रिवेदी, प्रेमकिषण खान्ना, बनोयारी लाल र परमेश कुमारलाई पाँच वर्षको कारागार सजाय सुनाइएको थियो जो सबै अनुशीलन समितिका सदस्य थिए।