Back

ⓘ बहादुर शमशेर ज.व.रा.




                                     

ⓘ बहादुर शमशेर ज.व.रा.

कमाण्डिङ जनरल सुप्रदिप्त मान्यवर नेपाल तारा ॐ राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुबिख्यात त्रि शक्ति पट्ट महराजकुमार बहादुर शमशेर जङ्गबहादुर राणा महाराज जुद्ध शमशेर महरानी पद्म कुमारीको पुत्र थिए। उनी बेलायतको लागि नेपालको प्रथम राजदुत थिए।

                                     

1. सेवा

वि.सं. १९९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो । सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर ज.व.रा. न्यायाधीश जनरल पदमा निर्वाचित भएका थिए।

उनले शिक्षा मन्त्रालयको, परराष्ट्र मामिलाको मुन्सी खानाको, नेपाल बैङ्क लिमिटेड डाइरेक्टर जनरल, प्रधानन्यायाधीश न्यायाधीश जनरल भएर सेवा गरे। पद्म शम्शेर द्वारा गठित सम्बैधानिक सुधार समितिको अध्यक्ष सदस्स्य भएर समेत काम गरे।

                                     

2. मान सम्मान

  • क्राउन अफ इटाली
  • बृटिस डिफेन्स एन्ड वार पदक
  • ॐ राम पट्ट
  • बृटिस वार
  • लिजन अफ अडर अफ फ्रान्स
  • बर्मा स्टार
  • त्रिशक्ति पट्ट द्वितीय श्रेणी
  • राजा जर्ज पाँचौको रजत महोत्सव
  • नेपाल तारा प्रथम श्रेणी