Back

ⓘ इस्लामाबाद




इस्लामाबाद
                                     

ⓘ इस्लामाबाद

इस्लामाबाद, पाकिस्तानको राजधानी सहर हो सङ्घीय रूपमा इस्लामाबाद राजधानी क्षेत्रको भागको रूपमा प्रशासित छ। इस्लामाबाद पाकिस्तानको नौवौँ ठूलो सहर हो, जबकि सबैभन्दा ठूलो इस्लामाबाद-रावलपिन्डी महानगरीय क्षेत्र करिब ७४ लाख जनसङ्ख्या सहित देशको चौथो ठूलो सहर हो। कराचीलाई पाकिस्तानको राजधानीको रूपमा प्रतिस्थापित गर्न सन् १९६० को दशकमा योजनाबद्ध रूपमा यस सहरलाई निर्माण गरिएको थियो। सहर यसको उच्च स्तर, सुरक्षा, र प्रशस्त हरियालीका लागि प्रख्यात छ।

यस सहर पाकिस्तानको प्रमुख राजनीतिक स्थल हो भने देशको स्थानीय सरकारलाई इस्लामाबाद महानगरीय निगमद्वारा सञ्चालित छ, जसलाई राजधानी विकास प्राधिकरणले समर्थन गरेको छ। इस्लामाबाद देशको उत्तरपूर्वी भागमा पोठोहारी उच्च समस्थलीमा अवस्थित छ। सहर उत्तरमा रावलपिन्डी जिल्ला र मार्गला पर्वत राष्ट्रिय निकुञ्जको बीचमा अवस्थित छ। यो क्षेत्र ऐतिहासिक रूपमा पञ्जाब र खैबर पख्तुनख्वाको मिलान क्षेत्र हो जहाँ मार्गला भञ्ज्याङले दुई क्षेत्रहरुका प्रवेशद्वारको रूपमा काम गर्दछ।

सहरको वनाबट युनानी वास्तुकारद्वारा गरिएको थियो। सहरलाई प्रशासनिक, कूटनीतिक, आवासीय, शैक्षिक क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, र ग्रामीण र हरियाली क्षेत्रलगायत आठ क्षेत्रहरूमा विभाजन गर्दछ। सहर मार्गाला पर्वत राष्ट्रिय निकुञ्ज र शाकारपारियन उद्यान सहित धेरै उद्यान र वनको उपस्थितिको लागि परिचित छ। सहरमा दक्षिण एसियाको सबैभन्दा ठूलो र विश्वको चौथो मस्जिद, फैसल मस्जिद रहेको छ। ठूलो सहित फैसल मस्जिद सहित शहरका धेरै स्थानहरूको अवस्थित छ। अन्य स्थलहरूमा पाकिस्तानको राष्ट्रिय स्मारक र लोकतन्त्र वर्ग समावेश छ।

इस्लामाबाद विश्वव्यापी सहर हो। यसलाई मानव विकास सूचकाङ्कमा ०.६७८ सहित मध्यमको रूपमा वर्गीकृत गरिएको जुन देशको सबैभन्दा धेरै हो। सन् २०१८ सम्म सहरी जनसङ्ख्याको औसत आयु ७०.७७ वर्ष हो जुन पाकिस्तानको कुल जनसङ्ख्याको औसत आयु ७७.११ भन्दा पनि उच्च छ। यसबाहेक, सहर कुल प्रति व्यक्ति आयमा देशको सबैभन्दा बढी आय भएको सहर हो जहाँ सन् २०१८ को तथ्याङ्क अनुसार, सहरको प्रति व्यक्ति आय ८,५२७ अमेरिकी डलर रहेको छ। सहरमा पाकिस्तानको जीवन यापनको लागतकोमा हिसाबले शीर्ष स्थानमा छ भने सहरको जनसङ्ख्या मध्य र उच्च मध्यम वर्गका नागरिकहरूको अधीनमा रहेको छ। महङ्गो सहर भएकोले, २०१५-२०२० मा इस्लामआबादमा अधिकांश फलफूल, तरकारी र कुखुराको सामानको मूल्य बढ्दो रूपमा रहेको थियो।

यस सहर १२ विश्वविद्यालयहरू रहेका छन् जसमा बहरिया विश्वविद्यालय, काएद-इ-अजम विश्वविद्यालय, पाकिस्तान अभियान्त्रिक तथा व्यवहारिक विज्ञान संस्थान, कोमसट्स सूचना प्रौद्योगिकी संस्थान र राष्ट्रिय विज्ञान र प्रविधि विश्वविद्यालय समावेश छन्। इस्लामाबाद एक सुरक्षित हो जहाँ सहरमा १९,००० सिसिटीभी क्यामेराको साथ विशाल निगरानी प्रणाली रहेको छ।

                                     

1. शब्दको उत्पत्ति

सहरको नाम, इस्लामाबाद, दुई शब्दहरू, इस्लाम र आवादबाट आएको हो, जसको अर्थ "इस्लाम को सहर" हो। इस्लाम एक उर्दूशब्द हो जसले इस्लाम धर्मलाई बुझाउँदछ र -आबाद फारसी प्रत्यय हो जुन बसोबास गर्ने ठाउँ वा सहरलाई जनाउँछ। इस्लामाबाद इतिहास पुस्तक मुहम्मद इस्माइल जबिहका अनुसार, अरिफवालाका शिक्षक अब्दुर रहमान अमरतासरीले राजधानी इस्लामाबादको नाम प्रस्ताव गरेका थिए।

                                     

2.1. इतिहास प्राचीन इतिहास

इस्लामाबाद राजधानी क्षेत्र, पञ्जाब क्षेत्रको पोठोहार उच्चसमस्थलीमा अवस्थित छ जसलाई एसियाको मानव बस्तीको प्रारम्भिक क्षेत्रहरू मध्ये एक मानिन्छ। संसारको सबैभन्दा प्रारम्भिक ढुङ्गे युगका शिल्पहरु यस उच्चसमस्थलीमा फेला परेका छन्, जुन १,००,००० देखि वर्ष ५,००,००० पहिले लेखिएको थियो। सोअन नदीको किनारमा फेला परेका प्राथमिक ढुङ्गाहरूले प्रारम्भिक मानिसका प्रयासहरूको प्रमाण दिन्छ। क्षेत्रमा प्राचीन कालको भाँडाका वस्तुहरू भेटिएका छन्। डा, अब्दुल घफुर लोनले गरेको उत्खननले क्षेत्रको ऐतिहासिक संस्कृतिको प्रमाण प्रकट गर्दछ। ५००० ईसापूर्व अगाडिका अवशेष र मानव खप्परहरू भेट्टाइएको छ जसले यो क्षेत्रमा नयाँ ढुङ्गे युगका मानिसहरूको घर थियो जो सोअन नदीको किनारमा बसोबास गरिरहेका थिए र पछि उनीहरूले यस क्षेत्रमा सानो समुदायहरू, ३००० ईसापूर्वतिर विकास गरेका थिए।

ईसापूर्व १८ र २३औँ शताब्दीको बीचमा सिन्धु घाटीको सभ्यता फष्टाएको थियो र पछि यस क्षेत्रमा आर्य समुदायको प्रारम्भिक बस्ती थियो जुन मध्य एसियाबाट यस क्षेत्रमा बसासराई गरेका थिए। भारतीय उपमहाद्वीपको आक्रमणको क्रममा जहिरुद्दीन बाबुर, जङ्गेज खाँ, तिमुर अहमद खान दुर्रानी जस्ता धेरै ठूला सेनाहरू यो क्षेत्र पार गर्ने गर्दथे। सन् २०१५–१६ मा सङ्घीय पुरातत्व र सङ्ग्रहालय विभागले सांस्कृतिक सम्पदाको लागि राष्ट्रिय कोषको आर्थिक सहयोगमा सुरुवाती पुरातात्विक उत्खनन गरेको थियो जसमा शाह अल्लाह दित्ता गुफा नजिक बान फकीरनमा बौद्ध स्तूपको अवशेष पत्ता लगाएको थियो।

                                     

2.2. इतिहास विकास र निर्माण कार्य

३०० वर्ष अघि १७ औँ शताब्दीमा एक सुफी हजरत बरी इमाम हालको इस्लामाबाद इलाकामा बसोबास गर्ने गर्दथे र उनले उक्त क्षेत्र इस्लामी गणतन्त्रको राजधानी हुने भविष्यवाणी गरेका थिए। सन् १९४४ मा काइद-ए-आजम मुहम्मद अली जिनाहले श्रीनगरबाट रावलपिन्डी फर्कने क्रममा रावलपिन्डी नजिक राजधानीको प्रस्ताव गरेका कुरा मुहम्मद इस्माइल जबिहको पुस्तक इस्लामाबादको इतिहास मा लेखिएको छ। सन् १९४७ मा पाकिस्तानले स्वतन्त्रता पाएसँगै दक्षिणी बन्दरगाह सहर कराचीलाई देशको अस्थायी राजधानी मानिएको थियो।

सन् १९५८ मा राष्ट्रिय राजधानीको लागि रावलपिन्डी नजिकै उपयुक्त ठाउँ छनौट गर्न एक आयोग गठन गरिएको थियो जसमा स्थान, मौसम, रसद र रक्षा आवश्यकता माथि विशेष जोड दिइएको थियो। विस्तृत अध्ययन, अनुसन्धान, र सम्भावित क्षेत्रहरू गहन समीक्षा पछि आयोगले सन् १९५९ मा रावलपिन्डीको पूर्वोत्तर क्षेत्र सिफारिस गरेको थियो। सन् १९६० को दशकमा, इस्लामाबादलाई धेरै कारणहरूको लागि एक अग्रगामी राजधानीको रूपमा निर्माण गरिएको थियो। कराची देशको दक्षिणी छेउमा अवस्थित छ जुन अरब सागरको चपेटामा परेको थियो। पाकिस्तानलाई सबै भागबाट सजिलैसँग पहुँचयोग्य हुने एक राजधानी सहरको आवश्यकता थियो। कराची, एक व्यवसाय केन्द्र थियो जुन आंशिक रूपमा सरकारी हस्तक्षेपको कारण अनुपयुक्त मानिन्थ्यो। इस्लामाबादको नयाँ छनोट गरिएको स्थान रावलपिन्डीमा रहेको सेनाको प्रधान कार्यालय र उत्तरमा कश्मिरको विवादित क्षेत्रको नजिक थियो।



                                     

2.3. इतिहास हालको इतिहास

इस्लामाबादले पाकिस्तानको सबै ठाउँबाट मानिसहरूलाई आकर्षित गरेको छ र यसलाई पाकिस्तानको सबैभन्दा ठूलो महानगरीय र सहरीकृत सहरहरू मध्ये एक बनाएको छ। राजधानी सहरको रूपमा यसले धेरै महत्त्वपूर्ण बैठकहरूको आयोजना गरेको छ जसमा यसले सन् २००४ मा, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सम्मेलन गरेको थियो।

अक्टोबर २००५ मा, काश्मीर भूकम्पको कारण सहरमा ठूलो क्षति भएको थियो जुन ७.६ परिमाणको थियो। इस्लामाबादमा सन् २००७ को जुलाई मा लाल मस्जिदको घेराबन्दी, जुन २००८ मा डेनमार्क दूतावासमा बम विष्फोटन, र सेप्टेम्बर २००८ मारियोट होटेलमा बम विस्फोट सहित आतङ्कवादी घटनाहरूको घटेको थियो। सन् २०११ मा सहरमा चार आतङ्कवादको घटनाहरू घटेका थिए जसमा पञ्जाबका गभर्नर सलमान तासिरको हत्या लगायत चार व्यक्तिको मृत्यु भएको थियो।

यस क्षेत्रको पहिलो जन पारगमन शृङ्खला रावलपिन्डी-इस्लामाबाद महानगरीय सवारी सेवा फेब्रुअरी २०१४ मा सुरु भएको थियो भन मार्च २०१५ मा सम्पन्न भएको थियो। रावलपिन्डी विकास प्राधिकरणले करिब २४ अर्ब रूपैयाँको लागतमा उक्त परियोजनाको निर्माण गरेको थियो जुन दुबै सङ्घीय सरकार पञ्जाबको प्रदेश सरकारको संयुक्त सहयोग रहेको थियो।

                                     

3. सरकार

इस्लामाबाद खयबर पख्तुनख्वा र पञ्जाबको प्रदेशको बीचमा अवस्थित छ तर इस्लामाबाद कुनै पनि प्रदेशमा संलग्न भने छैन। पाकिस्तानको सङ्घीय सरकारले यसलाई नियन्त्रण गरेको छ र यो पाकिस्तानको दुई सङ्घीय क्षेत्रहरू मध्ये एक हो जुन प्रत्यक्ष रूपमा पाकिस्तानको सङ्घीय सरकारद्वारा शासित छ।

                                     

4. भूगोल र मौसम

इस्लामाबाद ३३.४३°उत्तर ७३.०४° पूर्व, मा पोठोहार उच्चसमस्थलीको उत्तरी किनारामा अवस्थित छ भने यो इस्लामाबाद राजधानी क्षेत्र अन्तर्गतको मार्गला पहाडको तल्लो स्थानमा अवस्थित छ जसको उचाई ५४० मिटर १,७७० फिट रहेको छ। आधुनिक राजधानी र रावलपिन्डीको पुरानो गाखर सहरले यससँग विशाल क्षेत बनाएको छ र यसलाई सामान्यतया जुम्ल्याहा सहरहरू भनिन्छ।

इस्लामाबाद मुजफ्फरावादको १२० किलोमिटर ७५ माइल को उत्तर पश्चिममा अवस्थित छ भने यो पिशावर देखि पूर्वमा १८५ किलोमिटर ११५ माइल को दूरीमा अवस्थित छ। यसका साथै सहर लाहोर देखि २९५ किलोमिटर १९३ माइल को दूरीमा अवस्थित छ। सहर भारत शासित जम्मु र कश्मिरको राजधानी श्रीनगरबाट ३०० किलोमिटर १९० माइल को दूरीमा अवस्थित छ।

इस्लामाबाद सहरले ९०६ वर्ग किलोमिटर ३५० वर्ग माइल क्षेत्रफल ओगटेको छ। थप २,७१७ वर्ग किलोमिटर १०४९ वर्ग माइल क्षेत्र उत्तर र उत्तरपूर्वमा मार्गला पहाडको साथ निर्दिष्ट क्षेत्रको रूपमा परिचित छ।

                                     

4.1. भूगोल र मौसम मौसम

इस्लामाबादको मौसम आर्द्र उप-उष्णकटिबन्धीय हो जहाँ पाँचवटा ऋतु अवस्थित छन् भने यसमा हिउँद नोभेम्बर - फेब्रुअरी, वसन्त मार्च र अप्रिल, ग्रीष्म मे र जुन, वर्षा जुलाई र अगस्ट र शरद सेप्टेम्बर र अक्टोबर समावेश छन्। सबैभन्दा तातो महिना जुन हो, जहाँ औसत उच्च तापक्रम ३८ डिग्री सेल्सियस १००.४ °फर्हेनहाइट सम्म हुने गर्दछ। भारी वर्षा र आँधीबेहरीसँग बादल फुटने र बाढी आउने सम्भावना सहित उच्च वर्षा हुने महिना जुलाई हो। सबैभन्दा जाडो महिना जनवरी हो।

इस्लामाबादको सुक्ष्म जलवायु रावल, सिम्ली, र खानपुर बाँध गरी तीन कृत्रिम जलाशयहरूद्वारा नियन्त्रित छ र अर्को जलाशय इस्लामाबादबाट करीव ४० किलोमिटर २५ माइल दूरीमा अवस्थित खानपुर सहर नजिकैको हरो नदीमा अवस्थित छ। सिम्ली बाँध इस्लामाबादको ३० किलोमिटर १९ माइल उत्तरमा पर्दछ। सहरको ८९ हेक्टर क्षेत्रफलमा मार्गला पहाड राष्ट्रिय निकुञ्ज अवस्थित छ। लोही भयर वन इस्लामाबाद राजमार्गको छेउमा अवस्थित छ जसले ४४० हेक्टर क्षेत्रफल ओगटेको छ। सहरमा सर्वाधिक वर्षा मासिक वर्षा सन् १९९५ मा भएको थियो जहाँ सहरमा ७३३.३ मिलिमिटर २९.२७ इन्च वर्षा भएको थियो।

सहरमा तापक्रम मध्यम रहन्छ भने नजिकको पहाडी क्षेत्र, मारी र नाथिया गलीको उच्च उचाइमा हिउँ पर्दछ। सहरको तापक्रम जनवरीमा १३ डिग्री सेल्सियस ° ५५ डिग्री फरेनहाइट देखि जुनमा ३८ डिग्री सेल्सियस १०० ° फरेनहाइट सम्म पुग्दछ। २३ जुन २००५ मा, सबैभन्दा बढी तापक्रम कैद गरिएको थियो जहाँ सहरको तापक्रम ४६.६ °से ११५.९ °फ रहेको थियो जबकि सबैभन्दा कम तापक्रम १७ जुन १९६७ मा कैद गरिएको थियो जहाँ सहरको तापक्रम −६ °से २१.२ °फ रहेको थियो। २३ जुलाई २००१ मा, इस्लामाबादमा केवल १० घण्टामा ६२० मिलिमिटर २४ इन्च वर्षा भएको थियो। गत १०० वर्षमा, उक्त दिनमा इस्लामाबादमा सबैभन्दा बढी वर्षा भएको थियो।



                                     

5.1. जनसाङ्ख्यिकी भाषा

सन् १९९८ को जनगणना अनुसार ७८% सहित अधिकांश जनसङ्ख्याको मातृभाषा पञ्जाबी हो भने छ र मुख्य बोली पोठोहारी हो। कुल जनसङ्ख्या मध्ये १५% पश्तो भाषीहरू हुन्, जबकि १८% जनसङ्ख्याले अन्य भाषाहरू बोल्छन्। त्यस्तै सन् १९९८ को जनगणना अनुसार सहरको कुल आप्रवासी जनसङ्ख्या १० लाख छ जहाँ बहुमत ६९१,९७७ पञ्जाबका हुन्। यस सहरका लगभग २१०,६१४ मानिसहरू सिन्ध र अन्य खयबर पख्तुनख्वा र आजाद कश्मीरका हुन्। यहाँका थोरै जनसङ्ख्या बलुचिस्तान र गिल्गित बल्तिस्तानका हुन्।

                                     

5.2. जनसाङ्ख्यिकी साक्षरता

सहरका अधिकांश जनसङ्ख्या १५–६४ वर्षको उमेर समूहमा रहेका छन् जसको कुल प्रतिशत ५९.३८% हो। सहरको २.७३% जनसङ्ख्या ६५ वर्ष भन्दा माथिको छ भने ३७.९०% जनसङ्ख्या १५ वर्ष भन्दा मुनिको छ। इस्लामाबाद ८८% साक्षरता दर सहित पाकिस्तानमा सबैभन्दा बढी साक्षरता दर भएको सहर हो। सहरका ९.८% जनसङ्ख्याले मध्यवर्ती शिक्षा कक्षा ११ र १२ को बराबर हासिल गरेका छन्। देशको कुल जनसङ्ख्याको १०.२६% ले स्नातक हासिल गरेका छन् भने ५.२% जनसङ्ख्याले स्नातकोत्तर हासिल गरेका छन्। सहरको बेरोजगारी दर १५.७०% छ।

                                     

5.3. जनसाङ्ख्यिकी धर्म

इस्लाम धर्म सहरको सबैभन्दा ठूलो धर्म हो जहाँ सहरको ९५.५३% जनसङ्ख्या इस्लाम धर्मका अनुयायी हुन्। ग्रामीण क्षेत्रमा यो प्रतिशत अझै बढी वा ९८.०% छ। सन् १९९८ मा गरिएको जनगणनाका अनुसार, सहरी क्षेत्रहरूमा गणनाको हिसाबले मुस्लिमहरूको प्रतिशत ९८.८३ रहेको थियो। सहरको दोस्रो ठूलो धर्म ४.०७ सहित ईसाई हो जहाँ ग्रामीण क्षेत्रमा ईसाई धर्मको दर ०.९४% छ भने सहरी क्षेत्रमा ५.७०% रहेको छ। हिन्दु धर्म अनुयायीहरूको कुल जनसङ्ख्या ०.०२% रहेको छ भने अन्य अल्पसङ्ख्यक धर्मको प्रतिशत ०.०३ रहेको छ।

                                     

6. अर्थव्यवस्था

इस्लामाबाद पाकिस्तानी अर्थतन्त्रको योगदानकर्ता हो। यसले देशको कुल ग्रहस्थ उत्पादनमा १% योगदान पुर्‍याउदँछ। सन् १९८९ मा स्थापित इस्लामआबाद सेयर बजार, कराची सेयर बजार लाहोर सेयर बजार पछि पाकिस्तानको तेस्रो सबैभन्दा ठूलो सेयर बजार हो जुन सन् २०१६ मा, पाकिस्तान सेयर बजारमा गाभिएको थियो। यसमा ११८ सदस्यहरू थिए जसमा १०४ संयुक्त निकाय र १८ व्यक्तिगत सदस्यहरू थिए। यसको औसत दैनिक कारोबार १० लाख सेयर भन्दा बढी छ।

विश्व बैङ्कको एक प्रतिवेदनका अनुसार, इस्लामाबाद पाकिस्तानमा व्यापार सुरु गर्न सबैभन्दा राम्रो स्थानको रूपमा मानिन्छ। इस्लामआबादको कारोबाकर बक्यौता तिर्नका लागि पाकिस्तानको सबैभन्दा बढी अनुरूप छ। सन् २०१२ सम्म, इस्लामाबाद ठूलो कर एकाई कर राजस्वमा ३७१ अर्ब रुपैयाँका लागि जिम्मेवार थियो, जुन सङ्घीय राजस्व विभागले सङकलन गरेको सबै राजस्वको २०% हुन्छ। इस्लामआबाद सहर सूचना तथा सञ्चार प्रविधिमा तिव्र रूपमा विस्तार भइरहेको छ।

                                     

7. संस्कृति

इस्लामाबाद पाकिस्तानको अन्य क्षेत्रबाट आएका धेरैजसो आप्रवासीहरूको स्थल हो। सहरमा पुरातनताको सांस्कृतिक र धार्मिक विविधता पाइन्छ। पोठोहार उच्च समस्थलीमा अवस्थित भएको कारण, आर्यन, सोआनी र सिन्धु घाटीको सभ्यता जस्ता पुरातन संस्कृति र सभ्यताका अवशेषहरू अझै यस क्षेत्रमा पाउन सकिन्छ। १५ औँ शताब्दीको गखर किल्ला, फरवाला किल्ला इस्लामाबाद नजिकै अवस्थित छ। यस क्षेत्रमा अवस्थित रावत किल्ला १६ औँ शताब्दीमा गक्हरहरूले निर्माण गरेका थिए जहाँ गाक्हरका प्रमुख सुल्तान सारङ खानको चिहान रहेको छ।

सयदपुर गाउँ सारङ खानका छोरा सयद खानको नाममा रहेको मानिन्छ। ५०० वर्ष पुरानो गाउँलाई मुघल सेनापति राजा मान सिंहले हिन्दु पूजाको स्थानमा रूपान्तरण गरेका थिए। राम कुण्ड, सीता कुण्ड, लक्ष्मण कुण्ड, र हनुमान कुण्ड गरी थुप्रै साना पोखरीहरू बनाएका थिए। यो क्षेत्रको सानो हिन्दु मन्दिर रहेको छ जहाँ हिन्दुहरूको उपस्थिति रहेको छ। सुफी फकिर पिर मेहर अली शाहको थान गोलरा शरीफमा अवस्थित छ, जुन पूर्व इस्लामी कालको समृद्ध सांस्कृतिक सम्पदा हो। बौद्ध युगका पुरातात्विक अवशेषहरू अझै पनि यस क्षेत्रमा पाउन सकिन्छ। बारी इमामको मन्दिर मुगल सम्राट औरङ्गजेबले निर्माण गरेका थिए। बारी इमामको वार्षिक पर्वमा पाकिस्तानभरका हजारौँ भक्तजनहरू उपस्थित हुन्छन्। कार्यक्रम इस्लामआबादको सबैभन्दा ठूलो धार्मिक जमघट मध्ये एक हो। सन् २००४ मा, कार्यक्रममा १२ लाख भन्दा बढी व्यक्तिहरू उपस्थित भएका थिए।

इस्लामाबादको लोक विरसा सङ्ग्रहालयले पाकिस्तानको लोक र पारम्परिक सांस्कृतिक देनको विविध प्रकारको अभिव्यक्तिलाई सुरक्षित गर्दछ। यो शकरपडिअन पहाडको नजिकै अवस्थित छ भने यस क्षेत्र पाकिस्तानका अन्य भागहरूबाट बुट्टेदार पोशाक, गहना, सङ्गीत वाद्ययन्त्र, काठका सामान, भाँडाकुँड र लोककलात्मक वस्तुहरूको ठूलो प्रदर्शनी हुने गर्दछ।



                                     

8. पर्यटन

फइसल मस्जिद सहरको एक महत्त्वपूर्ण सांस्कृतिक स्थल हो र यसले दैनिक रूपमा धेरै पर्यटकहरूलाई आकर्षित गर्दछ। सन् १९८६ मा निर्मित फइसल मस्जिद साउदी अरबका राजा फइसल बिन अब्दुल अजीजको नामद्वारा नामकरण गरिएको थियो। यसले यो मस्जिदमा प्रार्थना गर्ने २४,००० मुसलमानहरूलाई एकत्रित गर्दछ। फइसल मस्जिदलाई साउदी अरबका सरकारले आर्थिक सहयोग गरेको थियो।

पर्यटकहरूका लागि महत्त्वपूर्ण ठाउँ मध्ये एक इस्लामाबादमा अवस्थित सन् २००७ मा निर्मित पाकिस्तान स्मारक हो। यसले पाकिस्तानको देशभक्ति र सार्वभौमिकताको प्रतिनिधित्व गर्दछ। यसको अण्डाकारको रूपमा बनाइएको छ जसको पर्खालहरू फूलको पातको आकारको छ। यसका साथै पर्खालमा विभिन्न कलाहरू प्रस्तुत गरिएको छ जसमा पाकिस्तानका अन्य पर्यटक स्थलहरू जस्तै बादशाही मस्जिद, मिनार-ए-पाकिस्तान र लाहोर किल्ला आदि पर्दछन्। इस्लामाबादमा पाकिस्तानका केही प्रतिष्ठित सङ्ग्रहालयहरू छन्। इस्लामाबाद सङग्रहालयमा यस क्षेत्रको गन्धरा कालदेखि नै बनेका थुप्रै अवशेषहरू र कलाकृतिहरू छन्।

इस्लामाबाद १०औँ शताब्दी देखि आधुनिक युगका लागि सभ्यता र वास्तुकलामा निर्मित छ। इस्लामआबाद पोठोहार उच्चसमस्थलीमा अवस्थित भएकोले ढुङ्गे युगबाट सुरु हुने सभ्यताका अवशेषहरूमा यहाँका पर्यटकीय स्थलहरूमा भेटिन्छन्। इस्लामाबादमा ऐतिहासिक स्थलहरूको एक शृङ्खला छ जसले हिन्दु सभ्यतालाई प्रतिबिम्बित गर्दछ।

मार्गला पहाड राष्ट्रिय निकुञ्ज इस्लामाबादको उत्तरी क्षेत्रमा अवस्थित छ भने यो हिमालयको निकटतामा रहेको छ। राष्ट्रिय निकुञ्जमा सुरम्य उपत्यका र दर्शनीय पहाडहरू समावेश छन्। क्षेत्रमा विभिन्न प्रकारका जनावरहरू पाइन्छन्। वन्यजन्तु र वनस्पतिद्वारा सुसज्जित मार्गला पहाड राष्ट्रिय निकुञ्ज पर्यटकहरूका लागि राम्रो भ्रमण स्थल हो।

                                     

9. शिक्षा

इस्लामाबाद ९८% सहित पाकिस्तानको सर्वाधिक उच्च साक्षरता दर भएको सहर हो। सहरमा देशको सबैभन्दा उन्नत शैक्षिक संस्थानहरू छन्। सहरमा सार्वजनिक र निजी क्षेत्रको शैक्षिक संस्थानहरूको ठूलो सङ्ख्या उपस्थित छन्। राजधानीमा उच्च शिक्षा संस्थानहरू या त सङ्घीय वा निजी सङ्गठनहरूद्वारा प्रशासित छन् र ती सबैलाई पाकिस्तानको उच्च शिक्षा आयोगले मान्यता दिएको छ। शैक्षिक योजना तथा व्यवस्थापन प्रतिवेदनका अनुसार सन् २००९ मा सहरभरि ९१३ मान्यता प्राप्त शैक्षिक संस्थाहरू थिए जसमा ३१ पूर्व प्राथमिक, २ धार्मिक, ३६७ प्राथमिक, १६२ आधारभूत, २५० उच्च र ७५ महाविद्यालय र २६ स्नातकोत्तर महाविद्यालय समावेश छन्। इस्लामाबादमा ७ वटा शिक्षक प्रशिक्षण केन्द्र थिए। राष्ट्रिय औसतको तुलनामा इस्लामाबादमा लिङ्ग समानता सूचकाङ्क ०९३ रहेको छ जहाँ राष्ट्रिय स्तरमा यो ०.९५ रहेको छ।

                                     

10. बाह्य कडीहरू

  • इस्लामाबाद कर्लीमा
  • आधिकारिक वेबसाइट
  • यस पृष्ठ सम्बन्धित भौगोलिक तथ्याङ्क इस्लामाबाद ओपन स्ट्रिट नक्सामा रहेको छ।
  • राजधानी विकास प्राधिकरण
  • इस्लामाबादसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।