Back

ⓘ २०४४ को दशरथ रंगशाला दुर्घटना




२०४४ को दशरथ रंगशाला दुर्घटना
                                     

ⓘ २०४४ को दशरथ रंगशाला दुर्घटना

दशरथ रंगशाला दुर्घटना २०४४ साल फागुन २९ गते दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल चलिरहेको क्रममा भएको थियो। भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्रममा उक्त दुर्घटनामा ९३ मानिसको ज्यान गयो । दशरथ रंगशाला दुर्घटना २०० ६ सम्मको नवौ सबैभन्दा ठूलो स्टेडियम दुर्घटना हो, र नेपालको सबैभन्दा खराब रंगशाला दुर्घटना हो।

                                     

1. पछि

रंगशाला दुर्घटना पछि शिक्षा तथा संस्कृतिमन्त्री केशर बहादुर बिष्ट र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कमल थापाले राजीनामा गरे ।

दक्षिण एसियाली खेलकुद १९९९ को लागि दशरथ रंगशाला पछि पुन: चिनियाँ सरकारको सहयोगमा मर्मत गरियो ।