Back

ⓘ त्रिभुवन च्यालेन्ज सिल्ड




                                     

ⓘ त्रिभुवन च्यालेन्ज सिल्ड

त्रिभुवन च्यालेन्ज सिल्ड नेपालको दोस्रो सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो जुन २००४ मा राजा त्रिभुवनले को नाममा स्थापना भएको थियो स्थापना गरेका थिए।

                                     

1. ईतिहास

वि.सं २००४ मा राजा त्रिभुवनले त्रिभुवन च्यालेन्ज सिल्डको स्थापना नेपालमा फुटबल खेलको विकासको लागि गरेका थिए। यसको आयोजना हरिभवनको अगाडि टुडिखेल मा गरिएको थियो । उक्त प्रतियोगितामा नर शमशेरको नेतृत्वमा नरेश ११ ले पहिलो र एनआरटी टीमले दोस्रो स्थान प्राप्त गर्‍यो। सोही वर्ष श्री ३ पद्म शमशेरले राम जानकी कप आयोजना गरे जुन पुलिस बल टोलीले लगातार तीन पटक जित्यो। उही कप फेरि आयोजना गरिएको थियो तर शहीद स्मारक लिग फुटबलको नाम राखियो र यसैले लिग खेलहरु नेपालमा सुरु भयो।

२०४४ को दशरथ रंगशाला दुर्घटना

२०४४ साल फागुन २९ त्रिभुवन च्यालेन्ज सिल्ड को खेल चलिरहदा भंयकर हवाहुन्डरी, मुसलधारे पानी अनि असिनापानी पछि भागाभाग गर्ने क्रममा ९३ मानिसको ज्यान गयो । दशरथ रंगशाला दुर्घटनामा १०० भन्दा बढी मानिसहरू घाइते भए ।