Back

ⓘ एन्फा कम्प्लेक्स




                                     

ⓘ एन्फा कम्प्लेक्स

एन्फा कम्प्लेक्स एक ललितपुर सातदोबाटोमा रहेको फुटबल रंगशाला र प्रशिक्षण स्थल हो। अखिल नेपाल फुटबल संघको मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा नै रहेको छ। यसको निर्माण सन् १९९९ मा भएको थियो। यहा एन्फा हाउस, एन्फा एकेडेमी, र फुटबल मैदान रहेको छ।

                                     

1. एन्फा एकेडेमी

२०१२ एएफसी च्यालेञ्ज कपको समयमा फिफाका अध्यक्ष सेप ब्ल्याटरले एन्फा कम्प्लेक्समा आयोजना गरिएको समारोहमा बत्ती बालेर नेपालको तेस्रो फिफा गोल कार्यक्रम को उद्घाटन गरे। एन्फाका अध्यक्ष तत्कालीन एसियाली फुटबल महासङ्घ ए.एफ.सीका उपाध्यक्ष) गणेश थापाले १५० खेलाडीहरूको लागि तीन एकेडेमी र महिला एकेडेमी बनाउनका लागि रकम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। एन्फा कम्प्लेक्सको स्तरोन्नति र स्टेडियम निर्माणमा एन्फा टेक्निकल सेन्टर, बुटवल र एन्फा टेक्निकल सेन्टर धरानको निर्माण पनि यसमा समावेश थियो । फुटबल एकेडेमीको कुल लागत ४ लाख अमेरिकी डलर थियो

                                     

1.1. एन्फा एकेडेमी कृत्रिम टर्फ प्रशिक्षण मैदान

चौथो फिफा गोल परियोजना को थप ५ लाख अमेरिकी डलर को आर्थिक सहयोगको साथ, घाँस पिचको गुणस्तरमा बाधा पुर्‍याउने नेपालको मौसम अवस्थाका कारण कृत्रिम टर्फ मैदान राखियो। २०१४ मा नेपाल खेल पत्रकार फोरम र एफए बीच मैत्रीपूर्ण खेलको क्रममा नयाँ बिछ्याइएको टर्फको उद्घाटन भयो।

वि,सं २०७२ मा, महाभूकम्पको कारणले दशरथ रंगशाला क्षतिग्रस्त भएपछी अखिल नेपाल फुटबल संघले राष्ट्रिय स्टेडियमको रूपमा मैदानको क्षमता ४,००० सम्म विस्तार गर्न प्यारापेटहरू निर्माण गर्‍यो ।

                                     

2. आयोजना गरिएका खेलहरू

  • २०१५ साफ यु-१९ च्याम्पियनसिप
  • २०१७ साफ अन्डर-१५ च्याम्पियनसिप
  • नेपाल राष्ट्रिय फुटबल टीम का छनोट खेल
  • २०१८ साफ अन्डर-१५ च्याम्पियनसिप
  • शहीद स्मारक ए डिभिजन लिग र नेपाल राष्ट्रिय लिगको नियमित खेलहरू