Back

ⓘ रोड्रिगो दुतेर्ते




रोड्रिगो दुतेर्ते
                                     

ⓘ रोड्रिगो दुतेर्ते

रोद्रिगो रोवा दुतेर्ते जन्म २८ मार्च १९४५), एक फिलिपिनी राजनीतिज्ञ तथा फिलिपिन्सका १६औँ पदासिन राष्ट्रपति हुन्। उनी फिलिपिन्समा सत्ताधारी राजनीतिक पार्टी पिदिपी लाबानका अध्यक्ष हुन्। दुतेर्ते सबैभन्दा अधिक उमेरमा राष्ट्रपति सम्हाल्ने व्यक्ति हुन्।

९ मे २०१६ मा, दुतेर्ते ३९% मत ल्याई सन् २०१६ को फिलिपिनी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेका थिए। आफ्नो अभियानको क्रममा उनले दशौँ हजार अपराधीलाई मार्ने र छ महिना भित्र अपराध अन्त्य गर्ने वाचा गरेका थिए संयुक्त राष्ट्र मानवअधिकार विज्ञहरूको आलोचना पछि उनी निर्वाचित भए पछि न्यायिक हत्या बढेको थियो, दुतेर्ते फिलिपिन्स संयुक्त राष्ट्रबाट बाहिरिने र चीन र अफ्रिकी राष्ट्रहरूसँग एक नयाँ सङ्गठन गर्ने धम्की दिएका थिए। उनले फिलिपिन्सलाई संयुक्त राज्य र युरोपेली सङ्घबाट टाढा राख्न र चीन र रूससँगको घनिष्ट सम्बन्ध बनाउन खोजेका थिए।

                                     

1. राष्ट्रपति पद

विदेश नीति

दुतेर्तेले आफ्नो राष्ट्रपतिको रूपमा आफ्नो पहिलो विदेश भ्रमण ५-९ सेप्टेम्बर २०१६ मा भियतटियान, लाओस र जाकार्ता, इन्डोनेसियाबाट सुरु गरे।

चीन र रसिया

राष्ट्रपतिको सपथ ग्रहण पछी, दुतेर्तेले आफ्नो विदेश नीति चीन र रसियातिर मोड्ने विचार व्यक्त गरेका थिए, खासगरी व्यापार वाणिज्यको क्षेत्रमा । अल जजिरा संगको आफ्नो अन्तर्वार्ताको क्रममा, उनले चीन र रसियासँग संयुक्त सैन्य अभ्यास गर्ने इच्छा व्यक्त गरेका थिए । सेप्टेम्बरमा, विद्रोह तथा प्रति आतंकवादलाई सम्बोधन गर्दै भने कि उनले फिलिपिन्सको सेनाको क्षमता अबिब्रिद्धि को लागि चीन र रसियाबाट सन्य उपकरण, खासागरी हातहतियार खरिद गर्ने विचार गर्दै छन् । उनले थप भने कि फिलिपिन्स र दूई देश बीच यस अघि नै वार्ता मा थिए र चीनियाँ र रूसी सरकारले सरल ऋण दिने प्रस्ताव गरेका छन् जुन २०२५ सम्म मा चुक्ता गरिनेछ ।