Back

ⓘ क्यूएफएक्स सिनेमाज




क्यूएफएक्स सिनेमाज
                                     

ⓘ क्यूएफएक्स सिनेमाज

क्यूएफएक्स सिनेमाज नेपालका प्रमुख सहरमा चलचित्र भवन भएको मनोरञ्जन कम्पनी हो । राजेश सिद्धि, भास्कर ढुङ्गाना र नकिम उदीनद्वारा स्थापना भएको क्यूएफएक्स सिनेमाजमा नेपाली चलचित्रका साथै बलिउड र हलिउड चलचित्रको पनि प्रदशन गरिन्छ ।

                                     

1. इतिहास

नेपालको पहिलो चलचित्र भवन, जय नेपाल सिनेमा हलको नवीकरणको साथमा क्यूएफएक्स सिनेमाजको स्थापना भएको थियो । कम्पनीको विकास र विस्तार भई कुमारी चलचित्र भवनको स्थापना भयो । सुन्धारामा अवस्थित क्यूएफएक्स सिभिमल नेपालको प्रथम सर्वोत्कृष्ट गुणस्तरको मल्टिप्लेक्स मानिन्छ । काठमाडौँ उपत्यकामा क्यूएफएक्सको सफलता पछि नेपालगञ्जमा क्यूएफएक्स बागेश्वरी, नारायणघाटमा क्यूएफएक्स जालमा र पोखरामा क्यूएफएक्स सिनेप्लेक्सको स्थापना गरियो । जनवरी २०१७ को तथ्याङ्क अनुसार नेपालमा क्यूएफएक्स सिनेमाजको कुल १५ स्क्रीन छन् ।

                                     

2. सुविधा

ललितपुरको पुलचोकमा अवस्थित क्यूएफएक्स लबीम मल उच्च गुणस्तरको 4K स्क्रीन भएको नेपालको प्रथम मल्टिप्लेक्स हो । क्यूएफएक्स सिनेमाजका मल्टिप्लेक्समा बार्कोद्वारा निर्माण गरिएका उच्च गुणस्तरका डिजिटल प्रोजेक्टर राखिएको हुन्छ ।