Back

ⓘ मंगलसेन




मंगलसेन
                                     

ⓘ मंगलसेन

मंगलसेन नगरपालिका अछाम जिल्लामा पर्छ । मंगलसेनलाई नगरपालिका घोषणा गर्दा मंगलसेन, कुन्टा बण्डाली, कालागाउँ, बान्नातोली, जनाली बण्डाली, ओलिगाउँ, झुपु गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । यस नगरपालिकाको केन्द्र मंगलसेन बजारमा कायम गरिएको छ । बि.स. २०७१ जेष्ठ ४ गतेदेखि यो ठाउँ नगरपालिकामा परिणत भएको हो । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मंगलसेन पनि नगरपालिका बनेको हो । मुलुकमा अब महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका जोडेर १३० पुगेको छ भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

                                     

1. जनसङ्ख्या

मंगलसेन, कुन्तीबण्डाली,बान्नातोली, कालागाउँ, जनालीबण्डाली, ओलिगाउँ, जुपु, कालागाउँ बान्नातोली गाविस मिलेर मंगलसेन नगरपालिका बनेको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँको जनसङ्ख्यालाई जोडेर २१,५९३ रहेको छ ।