Back

ⓘ साँफेबगर नगरपालिका




साँफेबगर नगरपालिका
                                     

ⓘ साँफेबगर नगरपालिका

साँफेबगर नगरपालिका अछाम जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा साँफेबगर पनि नगरपालिका बनेको हो। पछि गएर २०७३ साल फागुन महिनामा यस नगरपालिकामा साविकका पातलकोट, बुढाकोट,घुघुरकोट, नवाठाना, भागेश्वर, बाबला, खप्तड, देविस्थान र चण्डिका गाविसहरू समावेश गरिएका हुन् ।

                                     

1. परिचय

साँफेबगर अछाम जिल्लाको मध्य भागमा अवस्थित छ।बुढीगंगा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो।साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ।साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ।साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।