Back

ⓘ पाँचखाल




                                               

ठूली सामुदायिक वन, पाँचखाल

                                               

अग्नि रेखा

पाँचखाल
                                     

ⓘ पाँचखाल

पाँचखाल नगरपालिका बागमती अञ्चल‎को काभ्रेपलाञ्चोक जिल्लाको पूर्वी भागमा अवस्थित छ। काठमाडौँबाट ४५ कि.मि. पूर्व उत्तर तथा धुलिखेलबाट १५ किलोमिटर उत्तरी दिशामा पर्ने पाचँखाल नगरपालिका,यस जिल्लाको सवैभन्दा ठूलो समथर बेंशी हो। अरनिको राजमार्गले बीचबाट काटेर गएको यो बेंशी समुद्र सतहबाट ९३७ मिटर उचाइमा छ। पाँचखाललाई विसं २०७१ मा पाँचखाल, होक्से बजार, अनेकोट र देवभूमी बालुवा गाविसहरू मिलाएर नगरपालिका घोषणा गरिएको हो।

                                     

1. हावापानी

यस बेंशीको वरीपरि पलाञ्चोक, अनैकोट, रविओपि, जैशिथोक, पात्लेखेतका डाँडा हरूले घेरिएको छ। यसरी कम उचाईमा रहनु, वरिपरि डाँडा हुनु, आदि कारणले यहाँ प्रशस्त मात्रामा गर्मी हुने गर्दछ। यहाँको गृष्म तापक्रम सरदर ३२-३३° सेल्सीयस ९०.९५० फरेनहाइट सम्म पुग्छ। डाँफे र झिकु खोलाहरूद्वारा सिंचित यो बेंशी मलिलो भएतापनि अघि औलो लाग्ने भएकाले यहाँ बस्ती थिएन। पहिला दनुवार जातिहरूका मात्र बस्ती भएतापनि राजमार्गको विकासले गर्दा अन्य जातिहरूको आकर्षण बढ्दैछ।

                                     

2. कृषि

सिंचाइको सुविधा, मलिलो पाँगो माटो, यातायातको सुविधा, हावापानीको अनुकूलताको कारण यो क्षेत्र कृषिको लागि महत्त्वपूर्ण क्षेत्र मानिन्छ। धान, मास, गोलभेडा कटहर, आलुको लागि यो क्षेत्र अति महत्त्वपूर्ण छ। जहाँको गोलभेडा र आलु काठमाडौँ उपत्यकाको बजारहरूमा पाइन्छ। यसका अतिरिक्त आँप, केरा, रुख र भूइँकटरहरू, लिची, कागती, मेवा आदि कर्केटार नामक परम्परागत बगैंचा र पाँचखाल बागवानी केन्द्र ७.३५ देक्टर क्षेत्रबाट उत्पादन हुने गर्दछ।

                                     

3. शिक्षा

आठ मा.वि., दुई कलेज,तीन प्रहरी चौकी, इलाका हुलाक, दुग्ध सङ्कलन केन्द्र आदि कार्यालय रहेको यो क्षेत्रमा चक्रपथ बनाउने, प्रदुषण हरियालीयुक्त बनाउन जिविस, गाविस र प्यारो हरियाली नेपालको सत्प्रयास रहेको छ।