Back

ⓘ ढोरपाटन शिकार आरक्ष




ढोरपाटन शिकार आरक्ष
                                     

ⓘ ढोरपाटन शिकार आरक्ष

ढोरपाटन शिकार आरक्ष नेपालको एक मात्र शिकार आरक्ष हो। यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १,३२५ वर्ग किलोमिटर रहेको छ। ढोरपाटन शिकार आरक्ष वि.सं. २०४० मा स्थापित भयो र यसले वि.सं. २०४४ मा मात्र सरकारी मान्यता प्राप्त गर्‍यो। यसको उत्तरी सिमामा पुथा, चुरेन र गुर्जा हिमालहरू रहेका छन। यो आरक्ष समुन्द्री सतहबाट २,८५० मिटर देखि ५,५०० मिटर उचाईमा अवस्थित छ ।

                                     

1. हावापानी

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा आश्विन महिनाको शुरुवात सम्म वर्षात मौसम रहन्छ। यहाँ हिउँद मौसम दिनको तापक्रम न्युन रहने तथा जोडसँग हावा चल्ने गर्छ। माथिल्लो भेगमा बिहानी समयमा बादल तथा कुहिरोले ढाकिरहन्छ तर पछि हावा चलेर बादलहरू हट्न गई मौसम सफा हुने गर्छ। माघ तथा फाल्गुण महिना तिर यस क्षेत्रको तल्लो भेग सम्म नै हिउँ पर्ने गर्छ, त्यसकारण यहाँका स्थानीय बासिन्दाहरु छ महिना बुँकी र छ महिना अौल तिर बसाई सर्ने गर्दछन् ।

                                     

2. यसरी पुग्न सकिन्छ

यो ठाऊ बाग्लुङगको पश्चीम दिशामा पर्छ। बाग्लुङगको नाम चलेको बजार बुर्तिवागबाट पैदल १ दिन हिडेपछि ढोरपाटन पुग्न सकिन्छ। हाल ढोरपाटन उपत्यका सम्म यातायात पुगेको छ। बुर्तिवाङबाट ढोरपाटन सालझण्डी सडक भएर ढोरपाटन पुग्न सकिन्छ। सामान्यतया वुर्तिवाङबाट ३ घण्टामा ढोरपाटन उपत्यका पुगीन्छ। हाल जिप तथा साना प्रकारका बसहरू सो रूटमा चल्ने गर्दछन् ।

                                     

3. वनस्पति तथा वन्यजन्तुहरू

ढोरपाटन शिकार आरक्षमा गोब्रे सल्ला, सल्ला, भोजपत्र, लाली गुराँस, ठिँग्रे सल्ला, सिंदूर, धुपी तथा देबदारु लगायतका वनस्पतिहरू पाइन्छन्। अधिक मात्रामा जैविक सम्पदाको खानी मानिएको ढोरपाटन क्षेत्रमा १ सय ८५ थरीका दुर्लभ वनस्पति उच्च पहाडी सिमसार क्षेत्र ३२ थरीका स्तनधारी वन्यजन्तु, १ सय ३० प्रजातीका चराचुरुङ्गी ८ सय ५२ नाउर, २ सय झारल, हिउँ चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर लगायतका जंगली जनावर र पंक्षीहरू रहेका छन्।

सिकारको लागि प्रख्यात यस आरक्षमा पेशेवर सिकारीको लाईसेन्स प्राप्त सिकारीले ९ नाउर र ११ झारलको सिकार गर्न पाउने प्रवधान रहेको छ। पछिल्लो जनगणना अनुसार आरक्षमा करिब ८ सय ५२ नाउर छन्। आरक्षमा रहेका हिउँ चितुवा, घोरल, हिमाली कालो भालु, भुक्ने मृग, लुंगुरलगायत लोपोन्मुख वन्यजन्तुको सिकार गर्न निषेध गरिएको छ।