Back

ⓘ मकालु-बरूण राष्ट्रिय निकुञ्ज




मकालु-बरूण राष्ट्रिय निकुञ्ज
                                     

ⓘ मकालु-बरूण राष्ट्रिय निकुञ्ज

मकालु-बरुण राष्ट्रिय निकुञ्ज को स्थापना बि. सं. २०४९ मा भएको हो, जसको नामाकरण मकालु हिमालको नामबाट गरिएको हो। यसको प्रशासनिक तथा ब्यबस्थापनका कार्य नेपाल सरकार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट हुने गर्छ भने सहयोगिको रूपमा द माउन्टेन ईन्टिच्युटस The Mountain Institutes initiative ले कार्य गर्दै आएको छ।

अरुण नदीको छेउछाउका उष्ण जंगल देखि हिमालयको उच्च भाग सम्म फैलिएको मकालु-बरुण राष्ट्रिय निकुञ्ज बिश्वको सबैभन्दा अग्लो स्थानमा रहेको संरक्षीत क्षेत्र हो, जुन समुन्द्री सतहबाट ८,००० मिटरको उचाईमा अवस्थित छ। मकालु-बरुण राष्ट्रिय निकुञ्ज २३,३० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएकोछ। यस निकुञ्ज भित्र मकालु हिमाल ८,४६३ मिटर बिश्वको पन्ध्रौ अग्लो हिमाल, चाम्लाङ्ग हिमाल ७,३१९ मिटर नेपालको चौँथो अग्लो हिमाल, बरुन्त्से हिमाल ७,१२९ मिटर, मिरा पिक Mera Peak ६,६५४ मिटर लगायतका हिमालहरू रहेकाछन।

                                     

1. वनस्पति तथा वन्यजन्तुहरू

वन्सपतिका अधिक बिभिदताका कारण परिचित यस मकालु-बरुण राष्ट्रिय निकुञ्जमा २५ प्रजातिका लाली गुराँसहरू, ४७ प्रजातिका अर्किड Orchid तथा ५६ अन्य दुर्लभ प्रजातिका वनस्पतिहरू पाइन्छन्। साथै यस निकुञ्जमा हिउँ चितुवा, कस्तुरी मृग, बँदेल लगायतका दुर्लभ वन्यजन्तुहरू पाईने गर्छन।