Back

ⓘ प्यूठान नगरपालिका




प्यूठान नगरपालिका
                                     

ⓘ प्यूठान नगरपालिका

प्युठान प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो । पहिले खलङ्गा को नामले चिनिने यस नगरपालिकामा प्युठान जिल्लाको जिल्ला सदरमुकाम रहेको छ । यस नगरपालिकालाई खलङ्गा लगायत आसपासका मरन्ठाना, दखाक्वाडी, बिजुबार, विजय नगर, धर्मावती र खैरा गाविसहरूलाई जोडेर २०७१ साल बैशाख महिना देखि लागु हुने गरी गठन गरिएको हो ।

प्युठानमा नियमित रूपमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग देखि बस सञ्चालन हुने गरेको छ। भालुवाङ देखि पक्की सडक स्पुर रोड मार्फत वर्षैभरि सडक सञ्चालनमा आउँछ।