Back

ⓘ लमजुङ जिल्ला




                                               

धुसेनी, लमजुङ

धुसेनी नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी प्रदेशको लमजुङ जिल्ला अन्तर्गत सुन्दरबजार मा अवस्थित एक वडा हो। यो सुजन्दरबजार १० हो । यश वडा भित्र एक माबि विद्यालय, एक आधारभुत विद्यालय र दुई प्रा.वी विद्यालयहरु अबस्थित छन् । यश धुसेनीको वडा अध्यक्ष को नाम जय बहादुर अधिकारी हो ।

                                               

सिम्पानी, लमजुङ

                                               

रम्घा, लमजुङ

                                               

भोर्लेटार, लमजुङ

                                               

उदिपुर

उदिपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार व्यापारिक केन्द्र हो । कालिकाको मन्दिर मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदिपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।

                                               

चण्डीस्थान

चण्डीस्थान नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार ब्यापारिक केन्द्र हो । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।

लमजुङ जिल्ला
                                     

ⓘ लमजुङ जिल्ला

लमजुङ जिल्ला भौगोलिक रूपमा मध्य पहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्र सम्म फैलिएर रहेको छ । नेपालकै झण्डै बीच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्णा यो जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको बाहुल्यता रहेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्वको हिसावले प्रमुख स्थानमा रहन्छ । नेपाललाई चिनाउने संस्कृति माध्यम लोक दोहोरी गीतको उदगम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनीतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ५२ गाउँ विकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।

                                     

1. ऐतिहासिक पृष्ठभुमि

यस जिल्लाको उत्तर तथा उत्तर-पश्चिमी अग्ला लेकाली प्रदेशमा पशुपालन व्यवसायको विकास गरी प्राचीन कालदेखि बसोवास गर्दै आएका गुरुङ तथा घले जातिहरूले आफ्नो भाषा, संस्कृति, रहनसहन तथा सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाको स्थापना गर्दै आएको पाइन्छ । सामान्य खोज तथा अनुसन्धानले समग्र जिल्लाको उत्तरी भेग गुरुङ तथा घले जातिको सामाजिक तथा राजनीतिक प्रभाव क्षेत्र भित्र रहेको थियो भन्ने जानकारी प्रदान गरेका छन । जिल्लाको दक्षिणी भेकका टार तथा बेसीहरूमा क्षेत्री, ब्राह्मण, दमाई, कामी, सार्की आदि जातिका मानिसहरू बसोवास गर्दै आएको पाइन्छ ।

सोर्हौं सताब्दीमा शाह वंशीय राजाका पूर्वज यशोब्रम्ह शाहले लमजुङ जिल्लामा शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यति बेला भद्र, शान्त तथा इमान्दार जातिको रूपमा चिनिने मगर जातिलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र संस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य शासन सञ्चालनमा रहेको कुरालाई कतिपय सामाजिक तथा सांस्कृतिक संस्कार परम्पराले पुष्टि पनि गरेको पाइन्छ ।

इतिहासमा खासगरी लमजुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, साहसी, वीर तथा विरङ्गनाहरूको राज्यको रूपमा लमजुङलाई लीइएको पाइन्छ । त्यो समयमा स्याङ्जालाई सिकारी, लमजुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुताको रूपमा इतिहासमा उल्लेख गरेको पाइन्छ ।

                                     

2. भौगोलिक अवस्थिति

  • क्षेत्रफल: १६९२ वर्ग किलोमिटर
  • अक्षांश: २८ डिग्रि ३ मिनेट देखि २८ डिग्रि ३७ मिनेट उत्तर
  • सिमाना: पूर्व- गोरखा, पश्चिम-कास्की, उत्तर-मनाङ र दक्षिण- तनहुँ
  • सबभन्दा होचोस्थान: ३८५ मिटर रम्घा गाविस अन्तर्गतको दुईपिप्ले बगैंचा
  • सबभन्दा अग्लोस्थान: ८,१६२ मिटर मनास्लु हिमाल
  • देशान्तर: ८४ डिग्रि ११ मिनेट देखि ८४ डिग्रि ३८ मिनेट पूर्व

पश्चिम नेपालको मध्य पहाडी क्षेत्रमा अवस्थित लमजुङ जिल्ला १६९२ वर्ग किलोमिटरको भौगालिक क्षेत्रफल भित्र फैलिएको छ। समुद्र सतहबाट ३८५ मिटर उचाई देखि ८१६२ मिटर अग्लो मनास्लु हिमशिखर सम्मको धरातलीय उचाईले गर्दा यो जिल्लामा ठूलो पाइन्छ । अत्यन्त गर्मी हावापानीदेखि अतिठण्डा हिमाली हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले यो जिल्ला निकै प्रसिद्ध पनि छ ।

यहाँ प्रशस्त नदीनालाहरू बग्दछन् जसले लाखौं किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा नीरमसी, पाखनवेद, पाँचऔंले, चिर्राईतो, जटामसी, गुर्जो, सर्पगन्धा, यार्चागुम्वा, कुट्की, सुगन्धवाल आदि वहुउपयोगी र वहुमूल्य जडीवुटीहरू पाइन्छन् । हिमाली क्षेत्रमा अनेर्कौ वहुमूल्य पत्थरहरू पाइन्छन् । दुधपोखरी, बाह्रपोखरी, मेमेपोखरी, घलेगाउँ, घनपोखरा, पुरानकोट, रागिनासकोट, तुर्लुङकोट आदि ज्यादै सुन्दर र ऐतिहासिक एवं धार्मिक महत्त्वका पर्यटकीय स्थलहरूले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुर्‍याउन मद्दत मिलेको छ । यस जिल्लामा यातायात तथा विद्युतीकरणको पनि राम्रो सुबिधा पुगेको छ ।

गाउँसहर
                                               

गाउँसहर

गाउँशहर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार ब्यापारिक केन्द्र हो । यहाँ लमजुङ कालिकाको मन्दिर ऐतिहासिक लमजुङ दरबार रहेको छ । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर, गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो । यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।