Back

ⓘ निलकण्ठ नगरपालिका




निलकण्ठ नगरपालिका
                                     

ⓘ निलकण्ठ नगरपालिका

मध्य नेपालको धादिङ जिल्लामा रहेको निलकण्ठ नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । धादिङ जिल्लाको सदरमुकाम धादिङवेसी यसै नगरपालिकामा रहेको छ । धादिङवेसी बजार रहेको ठाँउलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा निलकण्ठ, सुनौलाबजार,मुरलीभञ्ज्याङ र सांकोष गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा निलकण्ठ पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । हाल यस नगरपालिकामा साबिकका ज्याम्रुङ् खाल्टे र धुवाकोट गा बि स मिलेर यसको आकार केही बढेको छ । हाल यस नगरपालिकाको कुल जनसङ्ख्या ६१००० रहेको छ ।

                                     

1. जनसङ्ख्या

निलकण्ठ,सुनौलाबजार,मुरलीभञ्ज्याङ र सांकोष गाविसहरूलाई मिलाएर निलकण्ठ नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर ३९,५७८ रहेको छ ।हाल यस नगरपालिकामा साबिकका ज्याम्रुङ् खाल्टे र धुवाकोट गा बि स मिलेर यसको आकार केही बढेको छ । हाल यस नगरपालिकाको कुल जनसङ्ख्या ६१००० रहेको छ ।

                                     

2. सन्दर्भ सामग्री

नीलकण्ठ नगरपालिका पश्चिम नेपाल मा नभई मध्यमाञ्चल विकास क्षेत्रमा पर्छ / पृथ्वी राजमार्ग स्थित मलेखुबाट जम्मा १८ किमीबाट उत्तर मा पर्ने नीलकण्ठ नगरपालिका हुदै धादिंग को उत्तरी क्षेत्रमा जना सकिन्छ /