Back

ⓘ रामग्राम नगरपालिका




रामग्राम नगरपालिका
                                     

ⓘ रामग्राम नगरपालिका

रामग्राम नगरपालिका नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने लुम्बिनी अञ्चलका ६ जिल्लाहरु मध्ये नवलपरासी पनि एउटा हो । यस जिल्लाको सदरमुकाम रामग्राम नगरपालिका हो र यो नगरपालिका वि.स. २०५३ चैत्र १४ गतेका दिन स्थापना भएको हो । भगवान् गौतम बुद्धको पवित्र अस्थिधातु रहेको प्राचीन रामग्राम स्तुपका नाममा यस नगरपालिकाको नामाकरण रामग्राम नगरपालिका भनी गरिएको हो । मिति २०७३ साल फाल्गुन २७ गते पुन संरचना पछि साबिक रामग्राम नगरपालिकाको १३ वडा र साबिक ५ वटा गा.बि.स अमरट, सुक्रौली,हकुई,बन्जरिया तथा देवगाव मिलाई कुल १२८.३२ वर्ग कि.मि. कक्षेत्रफल रहने गरी हाल रामग्राम नगरपालिका बनेको छ । यस नगरपालिकाको पूर्व:सरावल गा.पा., पश्चिम:रुपन्देही जिल्ला, उत्तर:सुनवल नगरपालिका र दक्षिण:पाल्हीनन्दन गा.पा. रामग्राम नगरपालिकाको हावापानी उष्ण मनसुनी हावापानी कहीकतै समशितोष्ण उल्लेख गरेको पाईन्छ । विक्रम सम्वत् २०६८ को राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या ५९४५५ रहेको थियो, जसमा पुरुष २९१३२.९५ र महिला ३०३२२.०५ रहेको देखिन्छ । यसरी २०५८ को जनसंख्यालाई आधार वर्ष मान्ने हो भने यहाँ प्रतिवर्ष जनसंख्या वृदिद्धर २ प्रतिशत रहेको छ । यहाँ कुल घरधुरी संख्या १०८५५ रहेको छ भने जनघनत्व ८२५ प्रति व.कि.मि रहेको छ ।