Back

ⓘ अंशुवर्मा




                                               

ललितपुर पाटनका चार अशोक थूर

ललितपुर जिल्लाको पाटन शहरमा रहेको अशोक थूर कहिने थूरहरू काठमाडौँका स्वयम्भू चैत्य वा बौद्धको ठूलो चैत्यजस्तै उपत्यकाभित्रका विशिष्ट बौद्धस्थल हुन्। यी चार ठूरहरू पुलचोक थूर, लगनखेल थूर, तेता थूर ईबही थूर पाटन शहरको बाहिर चार कुनमा भनेजसो अवस्थित छन्। यी चार थूर झण्डै उस्तै थूर देखिन्छन्। माटोको अर्धगोलाकार गुम्मज उठाइन्छ, आवश्यक परेको ठाउँमा ईटको गारो पनि लगाइन्छ, टुप्पामा सानो चैत्य वा त्रियोदश भूमि बनाइन्छ, गर्भको फेदमा चारै दिशामा खोपाभित्र एउटा एटा बुद्ध मूर्ति राखिन्छ।थूरको सम्पूर्ण भाग माटो, ईट इत्यादिले बनेको हुन्छ। अरु वस्तु त्यतिको आवश्इक हुँदैन। खुल्ला चौर वा खेतको माझा बनाँइउका ...

अंशुवर्मा
                                     

ⓘ अंशुवर्मा

अंशुवर्मा नेपालका लिच्छवीकालिन राजा थिए। यिनी नेपालका राष्ट्रिय विभूतिहरू मध्ये एक हुन्। यिनी लिच्छवी कालमा राजा भएका भए तापनि ठकुरी बंशका थिए। यिनी राजा शिवदेव प्रथमका ज्वाईं थिए।

                                     

1. शासनकाल

यिनले वि.सं. ६६२ देखि ६७८ सम्म १६ वर्ष शासन गरेका थिए। उनी बुद्धिमानी, साहसी र दुरदर्शी लिच्छबी राजा थिए। उनी साहित्य, कला र वास्तूकलाका पनि प्रेमी थिए। उनले बनाएको कैलाशकूट भवन सातौँ शताब्दीमा राज्यको सबैभन्दा प्रसिद् दरबारको नामले चिनिएको थियो। अंशुवर्मा शैव धर्म मान्दथे तर बौद्ध धर्मप्रति पनि यिनको ठूलो श्रद्धा रहेको थियो। प्रसिद्ध कैलाशकूट भवन यिनैले निर्माण गरेका थिए।

                                     

2. शासनकालमा गरिएका कार्यहरु

बालकको सालनाल काट्ने, आफ्नो नाममा सम्बत चलाउने र सिक्का समेत निकाल्ने काम यिनले गरेका थिए। यिनले महाराजधिराज तथा महासामन्त जस्ता पद्वी धारण गरेका थिए। त्यस्तै यिनले शब्द विद्या नामक ग्रन्थको रचना गरेका थिए। त्यस समयमा भारत र तिब्बत नेपाल भन्दा शक्तिशाली थिए। अंशुवर्माले तिब्बत र भारतसँग सन्तुलनपूर्ण सम्बन्ध कायम गरेका थिए। त्यसबेला भारतसँगको सम्बध बलियो राख्नको लागि अंशुबर्माले आफनो बहिनीको बिबाह भारतका सम्राट हर्षवर्द्धनसँग गरी मित्रता कायम राखेका थिए भने तिब्बतका राजा स्रोङ्चन गम्पोसँग आफ्नी छोरी भृकुटीको विवाह गराइदिएका थिए। नेपालमा अंशुवर्मा नेपालका राष्ट्रिय विभूति हुन। धेरै सामाजिक सुधारका काम गरेका यिनको युगलाई लिच्छवीकालिन नेपालको स्वर्णयुग मानिन्छ।