Back

ⓘ सुखिपुर नगरपालिका




सुखिपुर नगरपालिका
                                     

ⓘ सुखिपुर नगरपालिका

सुखिपुर नगरपालिका नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लामा पर्दछ। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सिराहा जिल्लामा मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ७ गाउँ विकास समितिहरूलाई समेटेर सुखिपुर नगरपालिका घोषणा गरिएको हो। सुखिपुर नगरपालिकाको केन्द्र सुखिपुर बजारमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।

                                     

1. जनसङ्ख्या

मोहनपुर कमलपुर, विधानगर, कुशाह लक्षिमिनीया, कविलासी, सिलोर्वा पछवारी, बेल्ही र सुखिपुर यी ७ गाउँ विकास समितिहरूलाई मिलाएर सुखिपुर नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ७ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर सुखिपुर नगरपालिकाको जनसङ्ख्या २०,९१५ रहेको छ ।