Back

ⓘ सहिद स्मारक ए-डिभिजन लिग




                                     

ⓘ सहिद स्मारक ए-डिभिजन लिग

सहिद स्मारक ए-डिभिजन लिग नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो र अखिल नेपाल फुटबल सङ्घको शीर्ष बिभाजन मध्य एक हो जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा सञ्चालन हुने गर्दछ। जसको स्थापना वि.स.२०११ सालमा भएको थियो भने यस लिगका सस्थापकका रूपमा नरशमशेर ज.ब.रालाई लिइन्छ। यस लिगमा जम्मा टिमको सङ्ख्या १२-१६ सम्म हुने गर्दछ। यो सहिद स्मारक बि-डिभिजन लिग भित्र प्रमोसन र रेलिगेसन प्रणालीमा सञ्चालन हुने गरेको छ। एक सिजनमा टोलीहरू एक पटक प्रत्येक टोलीसँग भिड्ने गर्दछन्। यो सामान्यतया मङ्सिर देखि माघसम्म हुने गरेको छ। यसका शीर्ष ६ टिमहरू सुपर ६ राउन्डमा पुग्छन्, जहाँ टोलीहरू फेरि एक-अर्कासँग भिड्छन्। यो हाल बजाज पल्सरद्वारा प्रायोजित गरिएको छ र यसको आधिकारिक रूपमा पल्सर सहिद स्मारक ए-डिभिजन लिगको रूपमा चिनिन्छ।

सन् २०११ मा एक नयाँ नेपाल राष्ट्रिय लिग, काठमाडौँको उपत्यका बाहिरको क्लबहरूलाई एक स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न मौका दिएको थियो। हाल राष्ट्रिय लिगमा ९ क्लबहरू समावेश छन्, जसमध्ये ५ क्लबहरू भने सहिद स्मारक ए-डिभिजन लिगका क्लबहरू हुन्।

सहिद स्मारक ए-डिभिजन लिगको २०७५ सालको संस्करण यसको ४१ अौँ संस्करण हो। यसमा १४ शीर्ष बिभाजित टोलीहरू प्रतिस्पर्धा गर्दछन्। सन् २०१३-१४ २०७०को संस्करण भने ३० डिसेम्बर २०१३बाट सुरु गरिएको थियो।

                                     

1. इतिहास

कुनै पनि देशको फुटबलको स्तर माथि उकास्न वा फुटबलको विकास गर्न त्यो देशमा हुने फुटबल लिगले महत्त्वपूर्ण र ठूलो भूमिका खेल्दछ।लिगले व्यावसायिक खेलाडीहरू पनि जन्माउने हुनाले स्वयम् फुटबल खेलाडीहरूलाई पनि लिग आफैंमा एक आवश्यक तत्व हो ।साँच्चै भन्ने हो भने कुनै देशको फुटबल विकासको मेरूदण्ड नै फुटबल लिग हो ।नेपालमा फुटबलको जग बसाउन र फुटबलको विकासका निम्ति भनेर लिग फुटबलको अवधारणा ल्याउने पहिलो व्यक्ति नरशमशेर ज.ब.रा. थिए।जतिखेर उनले नेपालमा फुटबलको आवश्यकता ठाने त्यतिबेला वा वि.स.२००७ साल तिर उनले भारतीय मोहम्दन स्पोर्टिङ क्लबबाट व्यवसायीक फुटबल खेल्दथे।अनौपचारिक रूपमा नेपाल फुटबल सङ्घको स्थापना वि.स.२००४ सालमै भइसकेको थियो र त्यसका हर्ताकर्ता पनि ज.ब.रा.नै थिए।तर उनको अवधारणा मूर्तरूप लिन भने सात वर्ष पर्खनु परेको थियो ।अर्थात् वि.स. २०११ सालबाट नेपालमा लिग फुटबलको सुरूवाट भयो ।जति बेला सम्म राणा, दरबार हुदै नेपालमा फुटबल खेल केही हदसम्म जनताहरूमा समेत पुगेको थियो।लिगको इतिहास पल्टाउँदा नेपाली फुटबललाई मुख्यत दुई भागमा विभाजन गर्ने गरिएको छ। २०४६ सालसम्म पहिलो काल र त्यसयता अर्को। २०४६ पछिको लिग आधुनिक लिगमा परिभाषित हुँदै गएको छ।

                                     

1.1. इतिहास आधुनिक लिग

२०४६ सालयता लिग निरन्तर हुन सकेन। प्रजातन्त्रपछिको २४ वर्षमा केवल ११ पटक लिग भए। २०५२ मा आएर पहिलो लिग भयो। त्यसपछि पनि आर्थिक कठिनाइ, सरकारी हस्तक्षेप र फुटबलको आन्तारिक विवादका कारण लिग नियमित हुन सकेन। हुँदा पनि एकरूपको भएन। ११ लिग ७ फरक संरचनामा आयोजना भए।

२०५२ मा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइयो। त्यसबाट दुवै समूहबाट शीर्ष दुई मनाङ- मर्स्याङ्दी क्लब,एनआरटी क्लब,फ्रेन्ड्स क्लब र संकटा क्लबले सुपर लिग पुग्दै उपाधिका लागि खेलेका थिए। २०५४ मा सिंगल लिग भयो। मार्बलोरो प्रमुख प्रायोजक भएर आयो, २५ लाखसहित। त्यो नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रायोजन थियो। खासै प्रतिफल नपाएपछि मार्बलोरोले दोस्रो वर्ष पाइला चलाएन।

२०५७ र २०६० पनि सिंगल लिगमै भए। प्रजातन्त्रपछि २०५४, २०५७ र २०६० मा गरी सिंगल लिगमा हुनु एकै संरचनामा सबैभन्दा धैरेपटक थियो। नेपाल पुलिस क्लब तत्कालीन महेन्द्र पुलिस क्लब २०६०बाट लिगमा पुनः फर्कियो। त्यसको अर्को २ वर्ष क्रमशः विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब पनि लिगमा आए। २०६१ मा सुपर सिक्स अवधारणामा खेलाइयो। सिंगल लिगपछि शीर्ष ६ टोली सुपर सिक्समा खेल्ने, पहिलो चरणको अंक लिएर। थ्री स्टार क्लब, नेपाल पुलिस क्लब,मनाङ- मर्स्याङ्दी क्लब,नेपाल आर्मी क्लब,फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब शीर्ष ६ स्थानमा रहे।लिग च्याम्पियन बन्दै थ्री स्टार क्लब एएफसी प्रेसिडेन्ट कपमा सहभागिता जनायो। एन्फाले एसियाली फुटबल महासङ्घ एएफसी को आदेश भन्दै २०६२ र २०६३ डबल लिग अनिवार्य बनायो। त्यसपछि ४ वर्ष लिग हुन सकेन। खेलकुद परिषदको हस्तक्षेप, केही क्लबको विद्रोह लिग नहुनुको एउटा कारण थियो। डबल लिग धान्न नसकेका कारण क्लब विद्रोहमा लाग्नु अर्को कारण थियो। खेलकुद परिषदले उचालेको नेपाल फुटबल सङ्घ र एन्फा एक भएपछि २०६६–६७ मा लिग फेरी सुरु भयो। संरचना भने डबल लिग नै थियो। समयभावका कारण एनआरटी क्लब पहिलो चरणको विजेताका आधारमा एएफसी प्रेसिडेन्ट कपमा छानियो।

नेपाल फुटबल सङ्घ र एन्फाले फरक रूपमा आयोजना गरेको बी डिभिजनमा ४–४ टोली बढुवा भएपछि २०६७ मा १८ टोलीले सहभागिता जनाए। २०६८ मा राष्ट्रिय लिगले केही आशा देखायो। पहिलो चरणका शीर्ष ६ टोली र मोफसलको क्षेत्रीय लिगका विजेता पोखराको संगम फुटबल क्लब र उपविजेता धरानको मित्रमिलन क्लबले सहभागिता जनाए। प्रजातन्त्रपछि नै दुई पटक राष्ट्रिय लिग भएका थिए। २०६८ को राष्ट्रिय लिगले यस अघिका राष्ट्रिय लिग जस्तै निरन्तरता पाउन सकेन्। २०६९ र २०७० को लिग फेरी सुपर सिक्स संरचनामा आइपुगेको छ। अर्को पटकको संरचना कस्तो हुने हो निर्क्यौल भएको छैन्।

                                     

1.2. इतिहास पहिलो दोहोरो लिगको सफलता

वि.स. २०६२ सालको राष्ट्रिय लिग देखि यो ए-डिभिजन राष्ट्रिय लिगमा पनि दोहोरो लिग वा डबल लिगको सुरूवाट गरिएको थियो। यस पहिलो डबल लिगको उपाधि मनाङ- मर्स्याङ्दी क्लबले जितेको थियो। पहिलो लिगमा पाचौँ स्थानमा रहेको मनाङले दोस्रो लिगमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितेको थियो। यस्तै पहिलो लिगमा रेलिगेसनमा परेको ब्वाइज युनियन क्लबले पनि दोस्रो लिगमा रेलिगेसनबाट बाचेको थियो। पहिलो राष्ट्रिय लिगका बारेमा तत्कालीन आरसीटि क्लबका प्रशिक्षक वैजु कपालीले "दोहोरो लिग आवश्यक छ,स्वीकार्छौ" भन्ने भाव व्यक्त गरेका थिए।

खेल हेर्न रङ्गशालामा दर्शकहरूको सहभागीता उल्लेखनीय रहेको थियो। साथै सञ्चार माध्यमहरूले पनि लिगको प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याएका थिए।

                                     

1.3. इतिहास प्रत्यक्ष प्रसारण

एपी वान टेलिभिजन, सहिद स्मारक ए-डिभिजन लिगको आयोजकहरू मध्ये एक हो र यस लिगको आधिकारिक प्रसारकको रूपमा पनि सेवा गरेको छ।

                                     

2. ट्रफी

२०११ आश्विन १७ गते मिति अंकित रहेको पुरानो सहिद स्मारक लिगको ट्रफी २०२८ देखि ३० सम्मन आरसीटि क्लबले लगातार तीन पटक जितेर ट्रफी पचाएको थियो ।यो नेपाली राष्ट्रिय लिगको इतिहास समेत थियो ।

अहिलेको सहिद स्मारक ट्रफी भने नयाँ ट्रफी हो ।जुन अखिल नेपाल फुटबल सङ्घले प्रदान गर्ने गर्दछ।

                                     

2.1. ट्रफी ट्रफि भ्रमण

शहिद स्मारक ए-डिभिजन लिग २०७५ अगाडि एन्फाले ट्रफि टुर गरेको थियो । जुन असोज १ गतेबाट सुरू भएको थियो । असोज १३ देखि सुरु हुँने सहिद स्मारक ए डिभिजन लिगको पुर्वसन्ध्यामा सुरु भएको ट्रफी टुर पहिलो दिन त्रिपूरेश्वर स्थित दशरथ रंगशालामा राखिएको थियो । लिग ट्रफीलाई काठमाडौँ उपत्यकाको सात स्थानमा भ्रमण गराइने एन्फाले जनाएको छ ।`स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तर्रा्ष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरूको समेत उपस्थिती भएका थिए। यो टूर काठमाडौँका पाँच विद्यालय तथा ललितपुर भक्तपुरको एक–एक स्थानमा सञ्चालन भएको थियो ।

वि.स. १९९१ मा राम जानकी ट्रफीको नाम दिइएको यो ट्रफी प्रजातन्त्रको स्थापनापछि लगातार तीन पटक नेपाल पुलिस फोर्सले जितेको थियो । त्यसपछि प्रजातन्त्र प्राप्तिका लागि जिवन आहुती दिएका सम्पूर्ण सहिदको सम्झनामा यो ट्रफीलाई सहिद स्मारक ए डिभिजन लिग ट्रफी भनिएको हो । जुन ट्रफी लिगको विजेतालाई प्रदान गरिनेछ ।

                                     

3. एएफसी प्रतियोगिताहरूमा ए-डिभिजन लिगका क्लबहरूको प्रदर्शनी

एएफसी प्रेसिडेन्ट कप सन् २००५ मा स्थापना देखि सन् २०१४ मा हटाइएता सम्म पनि सहिद स्मारक ए-डिभिजन लिगका क्लबहरू निरन्तर रूपमा यसमा सहभागीता जनाउँदै आइरहेका थिए। २०७२ साल देखि सहिद स्मारक ए-डिभिजन लिगका विजेताहरू एएफसी कपमा स्वचलित रूपमा छनौट हुन् गरेका छन्। सन् २००४ अघि ए-डिभिजन लिगका क्लबहरू एसिया क्लब च्याम्पियनसिपमा छनौट खेल खेल्न पाउँथे।