Back

ⓘ शंखरापुर नगरपालिका




शंखरापुर नगरपालिका
                                     

ⓘ शंखरापुर नगरपालिका

शंखरापुर नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा पर्ने ललितपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा काठमाडौँ जिल्लामा नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी र सुन्टोल यी ६ गाउँ विकास समितिहरूलाई समेटेर शंखरापुर नगरपालिका घोषणा गरिएको हो। शंखरापुर नगरपालिकाको केन्द्रभने साविक पुखुलाछी गाविसको कार्यलय रहेको स्थान रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, ११ उपमहानगरपालिका, १ सय ७९ नगरपालिका र ३ हजार २ सय ७८ गाविस कायम भएका छन्। नयाँ नगरपालिका थपिएपछि नेपालको सहरी जनसङ्ख्याको प्रतिशत ३६ दशमलव ८ पुगेको मन्त्रालयले जनाएको छ।

                                     

1. जनसङ्ख्या

शंखरापुर नगरपालिका साविकका नाङ्गलेभारे, लप्सीफेदी, इन्द्रायणी, बज्रयोगिनी, पुखुलाछी र सुन्टोल गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ६ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा शंखरापुर नगरपालिकाको कूल जनसङ्ख्या २५,३३८ हुन्छ।