Back

ⓘ सुनवल नगरपालिका




सुनवल नगरपालिका
                                     

ⓘ सुनवल नगरपालिका

सुनवल नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । सुनवल बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ जेष्ठ ४ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा सुनवल र स्वाँठी गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । सुनवल नगरपालिकामा ८,६३९ घरधुरि छन । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा सुनवल पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. जनसङ्ख्या

सुनवल र स्वाँठी गाविसहरूलाई मिलाएर सुनवल नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर सुनवल नगरपालिकाको जनसङ्ख्या ३९,८४३ रहेको छ ।