Back

ⓘ नेपालका नदीहरू




                                               

अरुण

चीनको तिब्बतप्रान्तबाट उत्पन्न भै पूर्वी नेपालको संखुवासभा जिल्ला भै बग्ने नदी । यो कोशी नदीको मुख्य सहायक नदी हो । धनकुटा जिल्लाको लेगुवाघाटमा यो तमोर नदी सग मिसिन्छ ।

                                               

इन्द्रावती नदी, नेपाल

इन्द्रावती नदी नेपालको सुनकोशी नदीको सहायक नदी, सप्तकोशी नदी प्रणालीको सहायक नदी र नेपालको एक प्रमुख नदी हो। १९औँ शताब्दीसम्म यसलाई मेलम्ची वा मेलम्चु भन्ने गरिएको थियो।मेलम्ची नदीको पानी धमिलो हुन्छ भने इन्द्रावती नदी सङ्ग्लो गरि बग्छ। इन्द्रावती नदीको मुहान सिन्धुपाल्चोक जिल्लाको भोटाङ्ग भन्ने गाउँ माथि पर्ने लेक पाँचपोखरीमा रहेको छ।यसै नदीको नाउँमा नेपालको इन्द्रावती गाउँपालिकाको नामकरण गरिएको छ।

                                               

कन्काई नदी

कन्काई नदी मेची अञ्चलको सबैभन्दा ठूलो नदी हो। यो इलामका प्रमुख चार नदी जोगमाई नदी, माई नदी, पुवामाई नदी र देउमाई नदी मिसिएर बनेको छ। यो नदी महाभारत पर्वत श्रृङ्खलाबाट उत्पत्ति भई झापा जिल्लाको दोमुखा क्षेत्रबाट तराइमा प्रवेश गर्दछ र कोशी नदीमा मिलेर बङ्गालको खाडीमा पुग्दछ। महेन्द्र राजमार्गको कन्काई नदी माथि बनेको ७०३ मीटर लामो पक्की पूल नेपालको दोस्रो लामो पूल हो। सोही पूल भएको कोटीहोम क्षेत्रमा हरेक माघे संक्रान्तिमा मकरमेला अथवा माईमेला लाग्ने गर्दछ। यस नदीलाई पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। यस नदीबाट कन्काई नहरको निर्माण गरी झापाका केही क्षेत्रमा सिंचाई सुविधा पुर्‍याइएको छ ।

                                               

कमला नदी, सिराहा

कमला नदी सिराहा तथा धनुषा जिल्लाको सिमानामा पर्ने नदी हो । कार्तिक पूर्णिमाका दिन कमला नदी किनारमा मेला लाग्नुका साथै स्नान गर्ने भक्तगनहरूको घुइचो लाग्दछ ।

                                               

कालापानी

कालापानी नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्याँस गाउँपालिका अन्तर्गत पर्ने ३५ वर्ग किलोमिटरको एउटा भौगोलिक क्षेत्र हो। यो क्षेत्र लिपुलेक भञ्ज्याङ र यो भन्दा पूर्वमा रहेको लिम्पियाधुरा भञ्ज्याङको बीचको भूमि हो। यो क्षेत्र सन् १९६२ देखि भारतको भारत तिब्बत सीमा प्रहरीद्वारा अतिक्रमित छ। इस्ट इन्डिया कम्पनी र तत्कालिन नेपाल सरकारबीच भएको सुगौली सन्धी बमोजिम महाकाली नदीको पूर्वी भागको आधिपत्य नेपाललाई हुने उल्लेख रहेतापनि भारतले सन् १९६२ देखि आफ्नो सुरक्षा फौजलाई यस क्षेत्रमा तैनाथ गरेको छ।

                                               

केसलिया खोला

केसलिया खोला/नदी विराटनगर महानगरको पश्चिममा अवस्थित नदी हो। यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। सिंगिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ। यो नदी मोरङ जिल्ला र सुनसरी जिल्लाको सिमानामा अवस्थित छ। यस खोलाले यी २ जिल्ला विभाजित गर्छ।

                                               

कैलाश खोला

कैलाश खोला अछामको एउटा खोला हो।जून खोलाको आधारमा अछामको प्रशासनिक विभाजन गरिएको छ।जसानुसार यो खोलाको एकापट्टी क्षेत्र न. १ र अर्को पट्टी क्षेत्र न.२ रहेको छ।यसको मुहान रामारोशन क्षेत्रहो।अछामको विभिन्न गाविस हुदै बग्ने यो खोला अन्त्यमा गएर बूढिगँगा नदिमा मिसिन्छ।अछामको जलविधुत आवश्यकतालाई यो खोलाले पूर्ति गर्दै आइरहेको छ।विभिन्न ठाउँमा साना तथा लघु जलबिधुत आयोजनाबाट यसले अछामको बिधुत आपूर्तिलाइ सहज बनाउदै आएको छ।

                                               

चुँदी खोला

चुंदी नेपालको तनहुँ जिल्लाको पश्चिमी भागमा अवस्थित एउटा सानो नदी हो। यो भानु नगरपालिकामा रहेको चन्द्रावती क्षेत्रको वरिपरिबाट सुरू हुन्छ। धेरै सहायक नदीहरू द्वारा सम्मिलित, यो लगभग 18 कि.मि. जति दक्षिण तर्फ बग्दछ र मर्स्याङ्दी नदीमा गएर मिल्दछ। ई.सं.2015मा एउटै भानु नगरपालिका हुनुअघि सम्म यो खोला भानु गाविस र बरभन्ज्याङ गाविस बीचको सिमानाका रूपमा रहेको थियो। हाल यसले भानु नगरपालिका वडा नं पाॅच र चार बिचको सीमानाको काम गरेको छ।

                                               

जोगमाई नदी

जोगमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यसको मुहान सिंगलिला पर्वत शृङ्खलाको तुम्लिङ भन्ने ठाउँमा पर्दछ । इलाम नगरपालिकाको तिलकेनी गाउँदेखि पूर्व, नामसलिङभन्दा दक्षिण गोदकदेखि पश्चिममा अवस्थित माईबेनीमा माई मिसिएपछि यसको नाम पनि माई मा नै परिवर्तन हुन्छ ।

                                               

त्रियुगा नदी

त्रियुगा नदी कोशी नदीको एक सहायक नदी हो, यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट शहरको मध्यबाट बग्दै पुर्वमा गएर बरुआ नदीसंग मिल्छ र अंतमा गएर कोशिमा मिल्छ। यस नदिमा चन्द्र नहर निर्माण गरिएको छ।

                                               

त्रिशूली नदी

त्रिशूली नदीको नामाकरण हिन्दू देवता शिवको कथासँग जोडिएको छ। समुन्द्र मन्थन कथाअनुसार कालकूट विषले पोलिरहेको घाँटीलाई शितल बनाउन पानीको लागि प्रहार गरेको त्रिशूल लागेर बनेका तीन मूलहरूबाट नै यसको नाम त्रिशुशूली रहन गएको हो।

                                               

देउमाई नदी

देउमाई नदी इलाम जिल्लाको चार प्रमुख नदीमध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ। इलामको पवित्र तीर्थस्थल गजुरमुखी यसै नदीको तीरमा अवस्थित छ। इलाम जिल्लाको पश्चिम उत्तरी क्षेत्र पाटे नागीलाई यसको उद्गम स्थल मानिन्छ । दक्षिणबाट पश्चिम हुँदै पूर्व बगेपछि यो नदी माईमा समाहित हुन्छ र यसको निजी नाम समाप्त हुन्छ ।

                                               

परेवा खोला

परेवा खोला तेह्रथुम जिल्ला अन्तर्गत फुलेक गा.बि.सको दक्षिण तिर पश्चिम दिशाबाट पूर्व बग्दछ। यो खोलामा गएर जो कोहिले पनि परेवा भाकल् गरेर चिताएको कुरा माग्यो भने त्यो पुरा हुने जनबिश्वास छ। तेसैले यो खोलाको नाम परेवा खोला रहन गयो।यो खोला यहाँ का स्थानिय बासिहरूको लागि पानीको मुल श्रोत हो। यो खोला बाटनै यहाँको ५०% जमीनमा सिँचाइ गरिन्छ।केही वर्ष अगाडि यो खोलाबाट ३ किलोवाट्को बिजुली पनि निकालिएको थियो।जस्ले गर्दा फुलेक का मानिसहरू धेरै लाभान्बित भएका थिए।

                                               

पुवामाई नदी

पुवामाई नदी इलाम जिल्लाको चार प्रमुख नदी मध्ये एक हो। यस नदीलाई यस क्षेत्रमा पवित्र नदीको रूपमा पूजा र सम्मान गरिन्छ । इलाम जिल्लाको प्रसिद्ध ताल माईपोखरीको उत्तर पश्चिमबाट यो नदी बगेको छ । यसलाई पुष्पमाई पनि भनिन्छ । इलाम जिल्लाको सदरमुकाम देखि उत्तर पश्चिम हुँदै दक्षिणतिर बग्ने यस नदीले धेरै धान खेतलाई सिचाइ गरेको छ । राजदुवालीको पुलभन्दा केही दक्षिणतिर यो नदी माई नदीमा समाहित भएपछि यसको अस्तित्व समाप्त हुन्छ । लुतो निस्किएका मानिसले पुवामाईमा स्नान गर्यो भने उसको लुतो निको हुन्छ भन्ने जनविश्वास छ ।

                                               

बुढीगंगा नदी

बुढीगंगा नदी कर्नाली नदीको सहायक नदी हो। बुढीगंगा बाजुराबाट उद्गम भई अछाम जिल्ला प्रवेश गर्दछ। यो नदी अछामको साँफेबगर हुदै बग्ने गर्छ। अछामको पायल मंगलसेन नजिक यो नदी कैलाश खोलामा मिसिन्छ।अछाम र डोटीको सिमानामा यो नदी सेती नदीमा मिल्छ। र सुर्खेत जिल्ला र अछाम जिल्लाको सिमानामा कर्णाली नदीमा मिसिन्छ।

                                               

सिंगिया नदी

सिंगिया नदी/खोला विराटनगर महानगरको पूर्वमा अवस्थित नदी हो। यो नदी चुरे क्षेत्रबाट उत्पत्ति भएको नदी हो। केसलिया नदी सहित यो नदी विराटनगरको दुई मुख्य नदी हुन्। छठ पर्वमा यस नदीहरूको विशेष महत्त्व छ।

                                               

सेती गण्डकी नदी

सेती गण्डकी नदि जसलाई सेती नदी नामले पनि चिनीन्छ । यो सेती नदि उत्तर पश्चिम हिमालयबाट नेपालका विभिन्न भागहरूमा गहिरा खोँचहरू हुँदै भारततर्फ बग्ने नदी हो । यो सप्तगण्डकी नदीको प्रमुख सहायक नदीहरू मध्ये एक हो । यो नेपालको प्रमुख सहर मध्ये एक पोखराबाट बग्ने गर्दछ । यो नदि अन्नपुर्ण हिमालबाट शुरु भइ चितवन र तनहुँ जिल्लाको संगमस्थल गाईघाटमा गएर नारायणीमा मिसिन्छ।

                                     

ⓘ नेपालका नदीहरू

  • न प लक प रम ख नद हर सप तक श नद क श नद तम र नद अर ण बर ण नद ल ख द धक श इम ज ख ल त म क श स नक श भ ट क श नद इन द र वत गण डक नद न र यण
  • स नक श नद न प लक प रम ख नद हर मध य एक ह य नद सप तक श नद क सह यक नद ह य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न सक न ह न छ
  • द धक श नद न प लक प रम ख नद हर मध य एक ह य नद सप तक श नद क सह यक नद पन ह य ल ख अप र छ तप ई यसल ई बढ एर व क प ड य ल ई सह यत गर न सक न ह न छ
  • ह नद प र व न प लक क र त ल ककथ हर म महत त वप र ण र पम ल इएक छ न प लम क श कञ चनजङ घ क दक ष णम छ र यसक स त प रम ख सह यक नद हर स नक स त म
  • उत तर पश च म ह म लयब ट न प लक व भ न न भ गहर म गह र ख चहर ह द भ रततर फ बग न नद ह य सप तगण डक नद क प रम ख सह यक नद हर मध य एक ह य न प लक
  • पथर ल तलक क रण यसम न क चल उन सम भव छ न यसक ध र सह यक नद हर छन जसम प म र र च ट नद हर प रम ख छन इ द र वत नद बस तरक म न सक ल ग आस थ र भक त क
  • गण डक अञ चल व भ न न सभ यत हर क व श ष ट थल क र पम रह क छ य अञ चल स त नद हर म ल र बन क प रस द ध गण डक नद क न मब ट न म करण भएक ह ग र ख लमज ङ तनह
  • भ गम ब ड न सक न छ यस ज ल ल म बग न म ख य नद हर ब गमत लखनद इ, झ म, ह न ब गमत नद ब ह क अन य नद हर उत तरक च र ड ड व ट श र भई क रमश: बग द दक ष णत र
  • प रव श गर सक क ह न छ बर द य म आए पछ य नद म बब र स न भ र गर द इवट नद हर म स एक छन त यसक स थ य नद भ रतम प रव श गर छ यह आएर य नद आफ

Users also searched:

...
...
...