Back

ⓘ घले जाति




                                               

घले भाषा

घले भाषा लाई घले भाषामा लि:ल कैई भनिन्छ। घले नेपालको एक पृथक छुट्टै जाति हो। घले भाषा उत्तरी गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा, मकवानपुर, चितवन, कास्की, भोजपुर, संखुवासभा लम्जुङ्ग लगायत नेपालको ३५/३६ जिल्ल्ला मा बोलिने गर्दछ। अहिले पनि घले भाषा बोल्ने हरुको संख्या ५०,००० भन्दा धेरैले बोल्ने गर्द्छन्। घले हरुको जनसंख्या आकलनमा २००,००० लाख देखि २५०,००० सम्मको हाराहारीमा छन्। घले जतिको आफ्नै थर हुने गर्दछन, भने घले घले बिबाह नाता कुटुम्ब चलाउने गर्दछन। घले जातिले भेडाको मासु परेवा हास बाहेक अन्य जीव जन्तुको मासु खादैन र पितृ लाइ चडाउदैन।

                                               

दमाई जाति

यस जातिको मुख्य पेशाको रूपमा कपडा सिलाउने कार्य रहेको छ । यस पेशालाई उनिहरूले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छन्। तर केही परिस्कृत भने पक्कै भएको छ । यसैबाट यिनिहरूको जिवनयापन हुन्छ । यिनिहरु पञ्चेबाजा पनि बजाउने र जन्तिहरूमा जाने गर्दछ्न् ।

                                               

दलित

दलित को अर्थ हो दलन गरिएको| अर्थात ती मानिसहरू जो आर्थिक अनि सामाजिक रूपले पछाडिएका र जसको आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक रूपले प्राचीन कालदेखि उच्च वर्गहरू द्वारा शोषण र उत्‍पीडन गर्नको निम्ति समाजमा जातीय बर्ग विभाजन गरिएको थियो| र आज पनि छ| हुन् त नेपालमा भेदभाव अनि छुवाछुत गर्ने हरूलाई कडा कार्यबाही गर्ने कानुन पनि सरकारले नबनाएको होइन तर त्यो कागजमा मात्र सिमित छ| गाउँ समाजको हरेक कुनामा आज पनि यो भेदभाव काएम नै छ|

                                               

शाह वंश

शाह वंश नेपाल राजतन्त्रका प्रशासक थिए । राजा रामशाहको पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । तर चितौडगढका गुहिलवंशी सिसोदिया राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र भारद्वाज गोत्र हो। त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औँ वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फ ...

घले जाति
                                     

ⓘ घले जाति

"नेपालको इतिहासका घले जातिको बिगत र बर्तमान अबस्था

नेपालको इतिहासलाई अनुसंन्धान र अन्बेषण गरी हेर्दा लि:लघले जाति नेपालको राजबंशिय जाति भएको प्रमाण र तथ्यहरु प्रसस्त मात्रमा भेटिएको छ।जस्तै नेपालको सरकारी अड्डा अदालतमा प्रयोग भएका कागजात,तामपत्र,नेपालको विभिन्न जिल्ला तथा स्थानमा भेट्टिएका घले दरबार संरचनाको भग्नावषेस आदि हुन।लि:ल मुरुमघले राजाको राज्य छलकपट पुर्बक अन्त्य गरी शाहबंशको उदय भएको इतिहास पाईन्छ। तर बिश्वको इतिहासलाई कोट्याएर हेर्दा इतिहास भनेको हार्ने र जित्ने दुबैको हुनुपर्छ।र हुन्छ।पनि तर नेपालको इतिहास भने शाहबंशीयबाट मात्र सुरु भएको देखिन्छ। यसमा पनि जित्नेको मात्र इतिहास छ। हार्नेको छैन। यसरी घले राजाको पृथक इतिहासलाई पुरै मेटाउनुका साथै घले राजाका संन्ततिहरु विभिन्न तत्वहरूसँग हातेमालो गरेर सिध्याउन खोजेको देखिन्छ। जसले गर्दा बाँचेका घलेहरूले चारै दिशामा भागेर आफ्नो सुरक्षा गर्दै ज्यान बचाएको देखिन्छ। र यहि कारणबाट प्राय ठाउँमा बस्नुहुने घले परीवारले पुर्खौदेखीशाहवंशले घले राज्य बिस्थापित गरे पश्चातपुस्ता हस्तांतरण को अभाबमा आफ्नो जातिय भाषा, धर्म,संस्कृति र पहिचान नै भुलेर अरुको भाषा,धर्म, संस्कृति र पहिचान अंगाल्दै आएको पाईन्छ।घले राजाको अन्त्य पश्चात स्थापित शासक बर्गबाट लि:लघलेजातिको वंशनाश गर्ने हेतुले लि:लघलेभन्ने सुनेमा भेटेमा मारीदिने जरिवाना गर्ने जस्ता अत्याचार गरीदा लि:लघलेजाति आफ्नो अस्तित्व बचाउन भागेर राज्यथलो छोडी कति अन्यत्र जान बाध्य भए कति त आफ्नो ज्यान बचाउन अरु समुदायमा गई लुकेर बसे कोही गुरुङ्ग समुदायमा गए कोही मगर समुदायमा गए कोही तामाङ्ग समुदायमा गए त को ही दलित समुदायमा गए यसरी अन्य जातिय समुदायमा रहंदा बस्दा उनीहरूले आफ्नो संस्कार,संस्कृति,भाषा,भेष सबै बिर्सिए र आफ्नो बचाउको लागि जो जुन जातिको समुदायमा गए त्यहि समुदायको जातिय थर आफ्नो जातिय थरसँग जोडेर लेख्न भन्न थाले तत्त पश्चात यसरी स्वतन्त्र मौलिक अस्तित्व बोकेको लि:लघलेजाति अरु जातिको थर जोडेर जिउन बाध्य भयो।फलस्वरुप लि:लघलेजातिको अस्तित्व धरापमा पर्दै गयो।तर नेपालको गोर्खा जिल्लाको बारपाक गाउँमा भने लि:लघलेजातिको जातिय भाषा,भेषभुषा र संस्कार,संस्कृति सुरक्षित राखिएको थियो।फलस्वरुप लि:लघलेजातिको मौलिहक र पहिचान रक्षार्थको लागि सचेत लि:लघलेब्यक्तित्वहरूबाट विभिन्न अनौपचारीक प्रयाहरु पश्चात २०६५ सालमा बिश्वबासी लि:लघलेजातिको हक हित र पहिचानको निम्ति औपचारीक रूपमा लि:ल फङ्घले समाजसंस्थाको स्थापना भयो।जसको केन्द्रिय कार्यालय काठमान्डौमा छ।भने हाल विभिन्न जिल्ला र प्रवासमा समेत यसको शाखा उपशाखाहरु स्थापना भएका छन। बढ्दो सुचना प्रविधि र संञ्चारको विकास संगै लि:लघलेजातिको जातिय एकता दिन प्रतिदिन बढ्दोक्रममा रहेको छ।त्यसैगरी बि.स २०६८सालको जनगणना अनुसार नेपालमा लि:लघलेजातिको कुल जनसंख्या२२८८१रहेको छ।भने लि:लघलेजाति नेपालको गोरखा,लमजुङ्ग, मनाङ,कास्की,तनहु,रसुवा,नुवाकोट,धादिङ्ग,चितवन,मकवानपुर,सिन्धुपाल्चोक,सिन्धुली,लगायत नेपालको ३६वटा जिल्लामा लि:लघलेजातिको बसोबास रहेको भनि पुष्टि भएको छ।यसैकारण २०६८सालको जनगणना पश्चात नेपाल सरकाले लि:लघलेजातिलाई नेपालको जनजाति भित्रको अल्पसंख्यक जाति भनि संमबैधानिक रूपमा घोषणा गरीसकेको छ।तसर्थ लि:लघलेजाति नेपालको स्वतन्त्र मौलिक अस्तित्व र पहिचान बोकेको एेतिहासिक जाति भएको कारण लि:लघलेसमुदाय अन्य जातिको थर वा उपथर नभएको कानुनी रूपमा प्रमाणीत भैसकेकोछ।

                                               

नेपालका दलित वर्गमा पर्ने थरहरू

दलित वर्ग भन्नाले समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समुदायलाई बुझाउँछ । सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदायलाई नै दलित वर्ग भनिन्छ ।