Back

ⓘ चिकंमुगल




                                     

ⓘ चिकंमुगल

चिकंमुगल काठमाडैँ महानगरपालिकाको वडा नं २०मा पर्ने एउटा टोलको नाम हो । यो एक प्राचीन तथा सांस्कृतिक र एतिहासिक महत्त्वयुक्त टोल पनि हो । यो टोल प्राचीन तथा एतिहासिक गुणकामदेव" मार्गकै बाटोमा पर्दछ ।

                                     

1. स्थान

काठमाडैँ नगरपालिकाको वडा नं. २०मा यो चिकंमुगल टोल अवस्थित छ । यस टोलको उत्तरपट्टि अट्को नारायणस्थान टोल, दक्षिणतर्फ मजिपाट, पूर्वमा झोँछेँ तथा अम्बहाल टोल र पश्चिममा भीमसेनस्थान टोल अवस्थित छ ।

                                     

2. नामाकरण

धेरै अघिदेखि नै यस टोलमा तेल पेल्ने कार्य हुन्थ्यो भनिन्छ । स्थनीय नेपाल भाषामा तेललाई चिकं भनिन्छ । सो तेल पेल्ने मेसिनलाई भने मुगः भनिन्छ । यसैबाट यस टोलको नाम चिकंमुगः हुँदै हाल चिकंमुगल रहन पुगेको हो । अझ अहिलेका नेपाल भाषीहरू यस टोललाई चिकंमुली समेत भन्छन् ।

                                     

3. सांस्कृतिक महत्त्व

यो टोल प्राचीन गुणकामदेव मार्गमा पर्ने भएकोले प्रमुख सबै जात्राहरू यसै टोल भएर जाने गर्दछ । इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथ रथयात्रा, पचली यात्रा, खड्गजात्रा सबै यो टोलबाट जानै पर्छ । यस टोलमा विशेषतः रञ्जित, रञ्जितकार, श्रेष्ठ, महर्जन, प्रधान, भट्ट, राजोपाध्याय, वैद्य, मानन्धर अदि समुदायका मानिसहरू बस्दछन् ।