Back

ⓘ अर्थ मन्त्रालय (नेपाल)




                                               

बीमा समिति

बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी आधिकारिक निकाय हो, जो नेपाल सरकार, अर्थ मन्त्रालयको एउटा लाईन सङ्गठन हो। बीमा ऐन, २०४९ अनूसार नेपाल राज्य भित्र बीमा ब्यवसायलाई ब्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नका लागि बीमा समितिको स्थापना भएको हो। नेपाल राज्य भित्रका बीमा तथा सो सम्बन्धि गतिविधिलाई यस समितिले नियमनकारी संस्थाको हैसियतले निगरानी राख्दछ। यस संस्थाको मूल उद्देश्य विकसित, स्वस्थ र पेशागत बीमा बजारको विकास गर्नु हो। वि.सं.२०४६ सालमा प्रजातन्त्रको पुर्नस्थापना भए पश्चात अन्य क्षेत्रहरूमा जस्तै बीमा क्षेत्रमा पनि परिवर्तनहरू देखा परे। परिवर्तित सर्न्दर्भलाई मनन गरी वि.सं. २० ...

                                               

द टिम्बर कर्पोरेसन अफ नेपाल लि.

पृष्ठभूमी: वन व्यवस्थापनबाट प्राप्त हुने काठ दाउरा ब्यवस्थित रूपले कटान सङ्कलन र चिरान समेत गरी सर्बसाधारण जनता सङ्घ संस्था उद्योग ब्यवसाय र नेपाल सरकारद्वारा सञ्चालित योजना परियोजनाहरूलाई सुफत मूल्यमा सरल तरिकाले काठ दाउरा आपूर्ति गर्न २०११ सालमा स्थापना भएको सःमिल परियोजनालाई तत्काल प्रचलित कम्पनी कानुन अन्तरगत द टिम्बर कर्पोरेसन अफ नेपाल लि. पूर्ण सरकारी स्वामित्वको संस्थाको रूपमा गठन भएको र सरकारको नीति निर्देशन र निर्णयका आधारमा हालसम्म काठ दाउरा सङ्कलन र बिक्री बितरणको कार्य गर्दै आएको छ। अधिकृत पूंजि १००००००००।- दश करोड भएको यस कर्पोरेसन तराई भित्री मधेश र पहाड गरी ३३ जिल्लामा कार्य ...

                                               

यार्सा गुम्बा

यार्सा गुम्बा एक बहुमुल्य जडिबुटि हो । लामा भाषामा यार्साको अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरूवा वा बुटी हुन्छ । विश्वमा अहिले सम्म Cordyceps वर्गमा पर्ने ढुसीहरू का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्चागुम्बालाई अङ्ग्रेजीमा Caterpillar fungus भनिन्छ । यसको बैज्ञानिक नाम Cordyceps Sinensis हो । ल्याटीन शब्दहरू cord "club", ceps "head" र चिनीयाँ भन्ने अर्थमा sinensisबाट यसको वैज्ञानिक नाम Cordyceps Sinensis राखिएको हो । यार्सागुम्बा नेपाल र तिब्बतको हिमाली भागमा पाईने एक प्रकारको बहुमुल्य जडीबुटी हो । यो समुन्द्र सतहबाट ३,००० मीटर देखी ६,००० मीटर ...

                                               

कर्मचारी संचय कोष

कर्मचारी सञ्चय कोष नेपालको सरकारी, निजी र सार्वजनिक क्षेत्र को कर्मचारीहरूको लागि हितकारी सञ्चयकोष हो। संचय कोष प्रणाली भित्र हाल निजामती, जङ्गी, प्रहरी शिक्षक, सार्वजनिक सस्थान तथा निजि क्षेत्रका कामदार तथा कर्मचारी समेत गरी करिव ५ लाख सञ्चयकर्ताहरू आबद्ध रहेका छन्। कोषले यो सञ्चिति पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा लगानी पनि गर्दछ कोषले बचतकर्ताहरूको बीच आफ्नो लाभ वितरित गर्दछ।

                                               

राष्ट्रिय प्रकृति संरक्षण कोष

नेपालको प्राकृतिक सम्पदा तथा जैविक विविधता संरक्षण एवं व्यवस्थापनमा नेपाल सरकारका प्रयासहरूलाई सहयोग गर्ने उद्धेश्यले वि. सं. २०३९ सालमा तत्कालिन श्री ५ महेन्द्र प्रकृति संरक्षण कोष स्वायत, नाफारहित संस्थाको रूपमा ऐनद्धारा यसको स्थापना गरिएको थियो । वि. स. २०६३ साल असोजमा कोषको ऐन संशोधन सहित राष्ट्रिय प्रकृति संरक्षण कोष नामाकरण भई कोषको संरक्षकमा प्रधानमन्त्री हुने व्यवस्था र संरक्षकले तोकेको व्यक्ति अध्यक्ष रहने व्यवस्था गरेको छ । हाल माननीय वन तथा वातावरण मन्त्री कोषको अध्यक्ष रहने व्यवस्था गरेको छ। कोषको सञ्चालन समितिमा वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालयका सचिवज्यूहरू तथा ख्याती ...

                                               

सन् २०२० बङ्गलादेशमा कोरोना विषाणु महामारी

बङ्गलादेशमा कोरोना विषाणुको महामारी ले, बङ्गलादेशमा फैलिरहेको रोगको तीव्र प्रकोप र तीव्र प्रसारणलाई जनाउँछ जुन हाल विश्वव्यापी रूपमा फैलिरहेको कोरोना विषाणु महामारीको एक अंश हो। कोरोना विषाणु विश्वव्यापी महामारी को सुरूवात एक नयाँ किसिमको कोरोनाविषाणु को सङ्क्रमणको रूपमा मध्य चीनको उहान सहरमा सन् २०१९ को मध्य डिसेम्बरमा भएको थियो। कोरोनाको सङ्क्रमण विश्वभर फैलिन थालेपछि २३ जनवरी २०२० मा विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय चिन्ताको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनले यस रोगलाई व्यापक रूपमा फैलन सक्ने सम्भावना पहिले देखिनै दिएको थियो भने चिनियाँ नयाँ वर ...

अर्थ मन्त्रालय (नेपाल)
                                     

ⓘ अर्थ मन्त्रालय (नेपाल)

अर्थ मन्त्रालय नेपालको सम्पूर्ण आर्थिक कार्यहरू नियन्त्रण गर्ने नेपाल सरकारको सबैभन्दा उच्च सरकारी निकाय हो। नेपालमा र्सवप्रथम वि.सं. २००७ साल फागुन ७ गतेपछि सरकारका कार्यहरू योजनाबद्ध रूपले सञ्चालन गर्न आर्थिक योजना तथा वित्त मन्त्रालयको स्थापना गरिएको थियो।

                                     

1. राष्ट्रिय बजेट निर्माण

अर्थ मन्त्रालयले वि.सं. २००८ साल माघ २१ गते कूल रू. ३.०५ करोड राजस्व अनुमान र रू. ५.२५ करोडको व्ययको अनुमानसहित राष्ट्रिय बजेट प्रस्तुत गर्ने कार्यको सुरूवात गर्यो। वि.सं. २०१३ सालदेखि प्रारम्भ गरिएको देशको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनालाई कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट प्रस्तुत हुँदै आएकोमा वर्तमानमा आएर यस मन्त्रालयले आ.व. २०६१/६२को आय व्ययको २०६१ साल माघ १ गतेको सार्वजनिक जानकारीमा करीब रू. १ खर्ब १५ अर्बभन्दा बढीको राष्ट्रिय बजेट प्रस्तुत गरेको थियो।

                                     

2. उद्देश्य

कल्याणकारी राज्य व्यवस्थाको अवधारणा अनुरूप देशको उपलब्ध आर्थिक स्रोत र साधनलाई अधिकतम सदुपयोग गर्दै सामाजिक न्यायको आधारमा आर्थिक उपलब्धिको न्यायोचित वितरणको व्यवस्था मिलाई स्वदेशी, निजी एवम् सार्वजनिक उद्यमलाई प्राथमिकता र प्रश्रय दिई राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र एवम् आत्मनिर्भर गराउनु अर्थ मन्त्रालयको मूल उद्देश्य रहेको छ।

नेपाल सरकारको दीर्घकालीन गुरुयोजना एवम् आवधिक योजनाको लक्ष्य, नीति र मार्गदर्शन अनुरूप वाषिर्क बजेटको माध्यमद्वारा देशको आर्थिक क्रियाकलापलाई योजनाबद्ध गरी निश्चित समय तालिकामा आबद्ध गर्नु र सरकारका कार्य र कार्यक्रमहरूलाई विभिन्न इकाईहरूमा व्यवस्थित गरेर साधनको सामयिक तथा समुचित उपयागे एवमं परिचालन गर्नु पनि यस मन्त्रालयको उद्देश्य रहेको छ।

                                     

3. कार्यक्षेत्र जिम्मेवारी

नेपाल सरकारको कार्य विभाजन नियमावली, २०६४ बमोजिम अर्थमन्त्रालयको कार्यक्षेत्र जिम्मेवारी निम्न बमोजिम तोकिएको छ:

  • सरकारी स्वामित्वमा रहेका संस्थानको तलब भत्ता बोनस लगानी र लाभांश सम्बन्धी नीति निर्धारण,
  • सार्वजनिक ऋण तथा नियन्त्रण,
  • आर्थिक विश्लेषण आर्थिक प्रशासन र नियन्त्रण,
  • सामाजिक तथा आर्थिक विकासको लागि अन्तर्राष्ट्रिय सम्पर्क र समन्वय,
  • नागरिक लगानी कोष,
  • आर्थिक साधनहरूको बाँडफाँड,
  • सामान्य मूल्य नीति,
  • महालेखा परीक्षक,
  • सार्वजनिक लगानी।
  • विदेशी मुद्रा विनिमय तथा नियन्त्रण,
  • नेपाल राष्ट्र बैङ्क बैङ्किङ्ग वित्तीय संस्था तथा बीमा,
  • लेखा नियन्त्रण,
  • राजस्व प्रशासन एवं राजस्व सङ्कलन,
  • सार्वजनिक संस्थानको प्रशासन नीति निर्माण समन्वय,
  • सरकारी कोषको व्यवस्थापन सञ्चालन तथा प्रशासन,
  • तलब भत्ता दैनिक तथा भ्रमण भत्ता निवृत्तभरण उपदान आदि,
  • कर्मचारी सञ्चय कोष,
  • पूँजी बजार,
  • सार्वजनिक प्रतिष्ठानको निजीकरण,
  • विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय विकास संस्था तथा अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्था,
  • मुद्रा मौदि्रक नीति निर्धारण र कार्यान्वयन,
  • आय-व्यय विवरण बजेट,
  • आर्थिक बैङ्किङ्ग तथा मुद्रा विषयक अन्तर्राष्ट्रिय सम्मेलन,
  • अवकाश कोष,
  • राजस्व र आर्थिक प्रशासन तालीम,
  • राजस्व अनुसन्धान,
  • वैदेशिक ऋण अनुदान तथा अन्य द्विपक्षीय एवं बहुपक्षीय सहायता,
  • आर्थिक एवं राजस्व नीति योजना तथा कार्यक्रमको तर्जुमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन,


                                     

4. सम्बद्ध स्वायत्त संस्थाहरू

  • बीमा समिति
  • राष्ट्रिय वाणिज्य बैङ्क
  • राष्‍ट्रिय बीमा संस्थान
  • नेपाल स्टक एक्सचेन्ज लिमिटेड
  • कृषि विकास बैङ्क
  • नेपाल धितोपत्र बोर्ड
  • नागरिक लगानी कोष
  • नेपाल राष्ट्र बैक
  • कर्मचारी संचय कोष