Back

ⓘ रामसार क्षेत्र




                                     

ⓘ रामसार क्षेत्र

रामसार क्षेत्र भन्नाले सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र भन्ने बुझिन्छ। नेपालका विभिन्न प्राकृतिक सम्पदास्थललाई रामसार क्षेत्र घोषणा गरिएको छ।

सन् १९७१मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलनबाट रामसार नामाकरण भएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो । त्यो सम्मेलनमा पारित सन्धिलाई रामसार महासन्धि भनियो । त्यही महासन्धिअनुसार अन्तर्राष्ट्रिय महत्त्वको सिमसार घोषणा भएको क्षेत्रलाई रामसार क्षेत्र भनिन थालियो ।

१९८७मा नेपालले रामसार महासन्धिको सदस्यता लियो । यो महासन्धि सदस्यको सम्मेलन कोप हरेक ३ वर्षमा हुन्छ । २०६५ कात्तिक १२ गते दक्षिण कोरियामा भएको कोप सम्मेलनमा लाई रामसार घोषणा गरियो । योसमेत मुलुकमा १० वटा सिमसार रामसार क्षेत्र घोषणा भएका छन् । पहाडी क्षेत्रको यो मात्रै हो । माइपोखरी, कोशीटप्पु, बीसहजारी ताल, जगदीशपुर रिजभ्र्वायर, घोडाघोडी ताल, गोक्यो, गोसाइँकुण्ड, शे-फोक्सुन्डो, रारा ताल र पोखरा उपत्यका छन् । थुप्रै दुर्लभ, संकटाभिमुख र संकटापन्न जन्तुको बासस्थान तथा महत्त्वपूर्ण वनस्पति रहेकाले यी क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वका मानिएका हुन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोगको माध्यमले सिमसारको संरक्षण गर्ने मुख्य उद्देश्य रामसार महासन्धिको छ ।