Back

ⓘ कङ्गना राणावत




कङ्गना राणावत
                                     

ⓘ कङ्गना राणावत

कङ्गना राणावत एक भारतीय अभिनेत्री तथा मोडल हुन्। उनी बलिउड चलचित्र उद्योगकी सबैभन्दा चर्चित अभीनेत्रीहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने भारतीय महिला अभिनेत्रीमा पर्छिन् । उनले आफ्नो जीवन यात्रा बलिउडमा स्थापित गरिसकेकी छिन र हालसम्म तीन राष्ट्रिय चलचित्र पुरस्कार चार फिल्मफेयर पुरस्कार प्राप्त गरिन् ।

रणावकको जन्म भारतको हिमाचल प्रदेशमा भएको हो । उनी सुरुमा उनको आमाबाबुको आग्रहमा डाक्टर बन्ने निधो गरिन् तर आफ्नै करियर निर्माण गर्न सोह्र वर्षको उमेरमा उनले दिल्ली प्रवेश गरिन्, जहाँ उनी एक मोडल बनिन् । सन् २००६ मा बलिउड चलचित्र गेङ्गस्टरमा मुख्य भूमिकामा उनले चलचित्र जगतमा पदार्पण गरिन् जसले उनलाई फिल्मफेयर उत्कृष्ट नयाँ महिला कलाकारको लागि पुरस्कार दिलाएको थियो ।