Back

ⓘ अनुष्का शर्मा




                                               

माउन्ट कार्मेल कलेज, बेङ्गलोर

माउन्ट कार्मेल कलेज, बेङ्गलोर एक महिला कलेज हो जसको स्थापना सन् १९४८ जुलाई ७ मा भएको हो । यो भारतको कर्नाटक राज्यको बेङ्गलोरको वसन्त नगरमा रहेको छ । यो कलेजमा स्नातक तथा स्नातोकोत्तर तहको पढाई हुने गरेको छ । यो कलेजलाई नाकले A+ र पाँच तारा दिएको छ । यो कलेजले बेङ्गलोर विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ तर यसले आफ्नो प्रणाली स्वयात्त संस्थाको रूपमा चलाउने गरेको छ । यो कलेजलाई भारतको उत्कृष्ट कलेजहरू मध्ये गनिन्छ ।

                                               

मकबूल फ़िदा हुसैन

एम एफ हुसैन/ एम.एफ/मकबूल फिदा हुसैन केवल एम.एफ उपनामले चित्रकला जगतमा प्रसिद्ध, यदा कदा भारतीय पिकाशो पनि भनिने प्रसिद्द् अत्याधुनिक चित्रकार तथा वहुमुखि प्रतिभा संपन्न कलाकार । पंढरपुर महाराष्ट्रमा सेप्टेम्बर १९१५ मा जन्मिएका एम.एफ हुसैनको बुधबार,९ जुन २०११ मा लण्डनमा निधन भएको थियो । उनी भारतीय चित्रकलामा अन्तरराष्ट्रिय ख्याती कमाएका पहिलो चित्रकार हुन् । हुसेन चर्चित हुँदा हुँदै पनि विवादस्पद समेत थिए । उनले विभिन्न हिन्दू देवीदेवताको आपत्तिजनक चित्र बनाएपछि भारतमा बिरोध भएको थियो । सन् २००६ देखि उनी स्वनिर्वासनमा थिए । गत वर्ष उनले भारतीय नागरिकता त्यागेर कतारी नागरिकता लिएका थिए । उनक ...

अनुष्का शर्मा
                                     

ⓘ अनुष्का शर्मा

अनुष्का शर्मा भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेत्री तथा मोडल हुन् । उनले सन् २००८ मा रब ने बना दि जोडी नामक चलचित्रबाट बलिउडमा प्रबेश गरेकी हुन् ।

                                     

1. व्यक्तिगत जीवन

अनुष्का शर्मा को जन्म १ मई १९८८ मा उत्तर प्रदेश को अयोध्यामा भयो । उनको बुबा कर्नल अजय कुमार शर्मा एक सेना अधिकारी हुनुहुन्छ र उनको आमा अशिमा शर्मा एक गृहणी हुनुहुन्छ । उनी बैंगलोरको आर्मी स्कूलमा पढेकी थिइन् र माउन्ट कार्मल कलेजबाट स्नातक हासिल गरिन् । अनुष्का शर्माको विवाह विराट कोहलीसँग सन् २०१७ मा भयो ।