Back

ⓘ श्री दुर्छिम उच्च माध्यमिक विद्यालय




                                     

ⓘ श्री दुर्छिम उच्च माध्यमिक विद्यालय

श्री दुर्छिम उच्च माध्यमिक विद्यालय खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम साविक को गाउँ विकास समिति दुर्छिम को छापडाँडा गाउँमा अवस्थित उच्च माध्यमिक विद्यालय हो। श्री दुर्छिम उच्च माध्यमिक विद्यालय लाई खोटाङ जिल्लाको पश्चिम इलाका कै पुरानो माध्यमिक बिध्यालय मानिन्छ। यसविद्यालयको स्थापना २०३६ मा भएको हो यहाँ भबन बनाउने जग्गा श्री अडीमर्दन राउत ले विद्यालयको नाममा निसुल्क दिनु भएको थियो। यसैलाई पछि नयाँ भननहरू निर्माण गरी हाल श्री दुर्छिम उच्च माध्यमिक बिद्यालय मा परिणत गरिएको हो। यस विद्यालय मा माध्यमिक तह को शिक्षा हासिल गर्न को लागि २०५४ साल पूर्व यहाँ श्री दुर्छिम उच्च माध्यमिक विद्यालयर दुर्छिमको पूर्वमा अवस्थित महादेवस्थान, धितुङ पश्चिमका डिकुवा,बाहुनीडाँडा,च्यास्मिटार,उत्तरपश्चिमका बडहरे र मंगलटार गाविसहरु लगायतका विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दथे।तर हाल सबै गाउँ विकास समिति हरूमा माध्यमिक स्तरको बिद्यालय भएको हुनाले यहाँ बिद्यार्थी संख्यामा कमि आएपनि यसमा केन्द्र पर्ने गाउँहरूबाट भने अझै बिद्यार्थी आउने गर्दछन। यो उच्च माध्यमिक विद्यालय यीसबै ७ गाबिसकै केन्द्रमा रहेको छ। यसैलेगर्दा पनि यहाँ विभिन्न गाउँहरूबाट विद्याथीहरू आउने गर्दछन।