Back

ⓘ बर्दघाट नगरपालिका




बर्दघाट नगरपालिका
                                     

ⓘ बर्दघाट नगरपालिका

बर्दघाट नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने नवलपरासी जिल्लामा अवस्थित एक नगरपालिका हो । बर्दघाट बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा माकर र पञ्चनगर गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बर्दघाट पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन ।

                                     

1. परिचय

चितवन उपत्यकाबाट दाउन्ने पहाड भएर पश्चिम लाग्दा दाउन्ने पहाड सकिने बित्तिकै आउने नवलपरासी जिल्लाको प्रमुख वाणिज्य केन्द्र बर्दघाट हो । यो त्रिवेणी धाम जाने सडक र महेन्द्र राजमार्गको चोक बजार हो । बढदै गएको सञ्चार, खानेपानी तथा विद्युतको उपलब्धताले बर्दघाट द्रुततर गतीमा सहरीकरण तर्फ अघि बढीरहेको छ । बर्दघाटबाट सदरमुकाम परासी ३० कि.मी.को दुरीमा रहेको छ भने त्रिबेणी धाम २५ कि.मी.को दुरीमा रहेको छ । भरतपुर ७७ कि.मी. छ भने बुटवल ३८ कि.मी. रहेको छ ।

                                     

2. जनसङ्ख्या

माकर र पञ्चनगर गाविसहरूलाई मिलाएर बर्दघाट नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर बर्दघाट नगरपालिकाको जनसङ्ख्या ३४,४१७ रहेको छ ।