Back

ⓘ रत्ननगर नगरपालिका




रत्ननगर नगरपालिका
                                     

ⓘ रत्ननगर नगरपालिका

रत्ननगर नगरपालिका चितवन जिल्लामा छ। विक्रम संवत २०५३ माघ ११ गते घोषणा भएको रत्ननगर नगरपालिकामा १९ वडा छन् भने करिब ४४ हजार जनसङ्ख्या स्थापना कालमा थियो । नगरपालिकाको पूर्वमा खैरहनी,नपा पश्चिममा वरण्डाभार जङ्गल र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिका नपा र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज छ । यहाँ दश हजार घरधुरी छन्। भरतपुरबाट रत्ननगर नगरापालीका चार किलोमिटरको बरण्डभार जंगल काटने बित्तीकै पुगिन्छ। यो नगरपालिका चितवनको दोस्रो नगरपालिका हो । रत्ननगर नगरपालिका चितवन राष्ट्रिय निकुन्जको प्रवेशद्वार हो । यो नगरपालिकाको कार्यालय बकुल्ल्हरमा रहेको छ|यस नगरपालिकामा दुई सिनेमा हल हरू रहेका छन्|यस नगरपालिकाको वडा नं.२मा नेपाल उच्च माद्यामिक विद्यालय छ भने वडा नं. १३मा पञ्चकन्या उच्च माध्यमिक विद्यालय छ |यसै वडामा जयमंगला बहुमुखी क्याम्पस् पनि छ|वडा नं. १३ मै प्राचीन संस्कृति परम्पराको धरोहर "वैदिक संस्कृत गुरुकुलम् नामक संस्कृत मा.वि. पनि छ | वडा नं. १ मा गायत्री हरिहर वेदवेदांग नामक संस्कृत निम्नमाध्यमिक विद्यालय पनि छ |यस नपाको सबैभन्दा पुरानो क्याम्पस् सहीद स्मृति बहुमुखी क्याम्पस हो । क्रिस्टल कलेज्,न्यु.क्यापिटल कलेज जस्ता अन्य कलेजहरू पनि रहेका छन् ।