Back

ⓘ शनि-अर्जुन नगरपालिका




शनि-अर्जुन नगरपालिका
                                     

ⓘ शनि-अर्जुन नगरपालिका

शनि-अर्जुन नेपालको मेची अञ्चलको झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलको साथै पुरानो व्यापारिक केन्द्र हो । शनिश्चरे र अर्जुनधारा गाविस मिलेर शनि-अर्जुन नगरपालिका बनेको हो । कन्काई र बिर्तामोडको बिचमा रहेको यो नगरपालिका पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको उत्तरमा अवस्थित छ । शनिश्चरे बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ । यो नगरपालिका मा पर्ने अर्जुनधारा पुर्बको एक ठूलो धार्मिक स्थल हो।