Back

ⓘ सूर्योदय नगरपालिका




सूर्योदय नगरपालिका
                                     

ⓘ सूर्योदय नगरपालिका

सूर्योदय नगरपालिका

इलाममा अवस्थित एउटा नगरपालिका हो । फिक्कल, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा सूर्योदय नगरपालिका बनाइयो । तर नयाँ संविधानले स्थानीय तहको व्यवस्था गरेपछि स्थानीय तह पुनर्संरचना आयोगले २०७३ सालमा गाविसहरु गोर्खे, पशुपतिनगर, श्रीअन्तु र समालबुङ तथा लक्ष्मीपुर गाविसको वडा नं ५ वाहेकको क्षेत्र जोगमाईको वडा नं. ८ र ९ मिलाएर नयाँ सूर्योदय नगरपालिका बनाइएको हो । यो नगरपालिका २५२.५२ वर्ग कि. मी मा पैmलिएको छ । मेची राजमार्ग यही नगरपालिका भएर पार गर्दछ ।

पश्चिममा इलाम नगरपालिका, उत्तरमा माईजोगमाई गाविस, दक्षिणमा रोङ गाउँपालिका र पूर्वमा भारतको पश्चिम बङ्गाल राज्य अन्तरगत दार्जिलिङ्ग जिल्लाले छेकेको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजार तोकिएको छ । यो इलामका पुराना बजारमध्ये एक हो र हालमा पनि पूर्वी इलामको मुख्य व्यापारिक केन्द्र रहेको छ । यहीँबाट पशुपतिनगरतर्पmको सडक छुटिन्छ । यो नगरपालिका चिया, अलैंची, दूध, आलु लगायतका नगदे बालिका लागि चर्चित छ । देशको एक मात्र अलैंची विकास केन्द्र पनि यही नगरमा पर्दछ । साबिक फिक्कल गाबिसको कार्यालय रहेको ठाँउलाई को केन्द्र बनाइएको छ ।

                                     

1. जनसङ्ख्या

जिल्ला समन्वय समिति इलामले २०७४ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या १३,२११ रहेको छ । यहाँ महिलाको जनसङ्ख्या २८,७३० र पुरुषहरूको जनसङ्ख्या २७,८६१ गरी कुल जनसङ्ख्या ५६,६९१ रहेको छ ।

यस जिल्ला समन्वय समिति इलामले २०७४ मा प्रकाशन गरेको प्रतिवेदनअनुसार सुर्योदय नगरपालिकामा घरसंख्या १३,२११ रहेको छ । यहाँ महिलाको जनसङ्ख्या २८,७३० र पुरुषहरूको जनसङ्ख्या २७,८६१ गरी कुल जनसङ्ख्या ५६,६९१ रहेको छ ।

त्यस्तै मतदाताहरूमा २०,३८९ जना पुरुष र १९,०७८ जना महिला गरी ३९,४६८ कुल मतदाता संख्या रहेको छ ।

बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १७,२४० रहेको छ ।