Back

ⓘ थाहा नगरपालिका




थाहा नगरपालिका
                                     

ⓘ थाहा नगरपालिका

मध्य नेपालको मकवानपुर जिल्लामा रहेको थाहा नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । साबिक दामन गाबिस कार्यालय रहेको ठाउँलाईको केन्द्र बनाइएको छ ।यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल जेष्ठ ४,२०७१ देखि आएको हो । यसलाई नगरपालिका घोषणा गर्दा पालुङ, बज्रबाराही र दामन गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा थाहा पनि नगरपालिका बनेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३० भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् ।

                                     

1. जनसङ्ख्या

पालुङ,बज्रबाराही र दामन गाविसहरूलाई मिलाएर थाहा नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर २१,७१७ रहेको छ ।