Back

ⓘ बेनी नगरपालिका




बेनी नगरपालिका
                                     

ⓘ बेनी नगरपालिका

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो अन्नपूर्ण बेसक्याम्प लगायत मुस्ताङ जिल्लाका सबैजसो ठाउँ जाने मुख्य नाका हो। हिन्दू र बौद्ध दुवैको ठूलो तीर्थस्थल मुक्तिनाथ जाने बाटो बेनी भएर जान्छ।