Back

ⓘ नेपालका सहरहरूको सूची




नेपालका सहरहरूको सूची
                                     

ⓘ नेपालका सहरहरूको सूची

नेपालका सहर र नगरहरू नगरपालिका अन्तर्गत समाहित छन्। नेपालको नगरपालिका एउटा जिल्लाको उप-एकाइ हो। नेपाल सरकारले नगरपालिका बन्नको लागि न्यूनतम मापदण्ड तोकेको छ। यी मापदण्डहरू अन्तर्गत निश्चित जनसङ्ख्या, पूर्वाधार राजस्व समावेश रहेको छ। हाल नेपालमा २९३ नगरपालिका छन् जसमध्ये ६ महानगरपालिका, ११ उपमहानगरपालिका र २७६ नगरपालिका छन्। यस बाहेक ४६० गाउँपालिका छन् जसलाई समग्रमा जोड्दा नेपालमा कुल ७५३ स्थानीय तह रहेका छन्।

नेपालको राजधानी र सबैभन्दा ठूलो सहर काठमाडौँ हो। क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो महानगरपालिका पोखरा हो जसले ४६४.२८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने सबैभन्दा सानो महानगरपालिका ललितपुर हो जसले ३६.१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसै प्रकार क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही हो जसले ५२२.२१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ भने जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो उपमहानगरपालिका जनकपुर हो जसको जनसङ्ख्या १,५९,४६८ रहेको छ। यस्तै क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो नगरपालिका सितगङ्गा हो जसले ६१०.४३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

                                     

1. बाह्य कडीहरू

  • Central Bureau of Statistics, Final result of population and housing - census २०११, VDC/Municipality, Table २ p. ८
  • Cost of Living Index in Nepal - Statistics & Graphs of Nepalese Citizens Economic Power, January १०, २०१४