Back

ⓘ वेदवेदाङ्ग संस्कृत पाठशाला




                                     

ⓘ वेदवेदाङ्ग संस्कृत पाठशाला

आध्यात्मिक ज्ञानका साथै मानव जीवनको लक्ष्य वोध गराउँदै जीवन र जगत् दुवैलाई बुझ्न सक्ने र मातापिता, गुरु, राष्ट्र, राष्ट्रियता, मातृभूमिप्रति निष्ठावान्, ज्ञानविज्ञान सम्पन्न दक्ष जनशक्ति उत्पादन गर्ने पवित्र उद्देश्यले २०३३ साल माघमा यस क्षेत्रका शिक्षाप्रेमी व्यक्तित्व केदारनाथ खतिवडाको दूरदर्शी संकल्पको फल स्वरूप स्वयं संस्थापक बनी झापाको खुदुनाबारी १ साधुटार परिसरमा २०३३ सालमा वेदवेदाङ्ग संस्कृत पाठशाला को स्थापना भएको हो । हाल सम्म २ विगाहा ५ कठ्ठा क्षेत्रफलमा यो संस्था विस्तारित छ । सुरुमा ५०/६० विद्यार्थीबाट पठनपाठन सुरु गरिएको यस पाठशालामा १२५ जना जति विद्यार्थीहरू अध्ययनरत छन् जसमध्ये १०० जति विद्यार्थीलाई आवास र भोजनको व्यवस्था छ । यस विद्यालयमा चार जना अध्यापकले संस्कत भाषा अध्यापन गर्दछन् ।

यस गुरुकुलमा मेचीदेखि महाकाली सम्म र आसामको मणिपुरसम्मका विद्यार्थीहरू अध्ययनरत छन् । विद्यार्थी भोजनको व्यवस्था दाताहरूबाट भएको छ । यहाँ गुरुकुलीय पद्धति अनुसार वेद, रुद्री, चण्डी, संस्कृत व्याकरणको अध्ययन अध्यापन हुन्छ । यस गुरुकुलका प्राचार्य छन्दुराम भण्डारी र आचार्य लक्ष्मीप्रसाद खतिवडाका अनुसार संस्कार, संस्कृति र सभ्यताको जगेर्ना गर्ने उद्देश्यले स्थानीय महानुभावहरूको सक्रियतामा यस संस्थाको स्थापना भएको हो । खतिवडा भन्छन्, धर्म, संस्कार, संस्कृति, परम्परा र संस्कृत वाङ्मयको संरक्षण एवं संवर्धन गर्नु नै यस संस्थाको मुख्य लक्ष्य हो ।

सन्दर्भस्रोत