Back

ⓘ देवदह नगरपालिका




देवदह नगरपालिका
                                     

ⓘ देवदह नगरपालिका

प्राचिन कोलीय राज्यको राजधानी देवदह पश्चिमाञ्चलको रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रूपमा प्रशिद्ध रहेको छ । देवदह नगरपालिका नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गाउँ विकास समितिहरू मिलेर बनेको हो । यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ९५६७ घरधुरी र ४२९५३ जनसङ्ख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा सुनवल नगरपालिका पश्चिममा बुटवल उप-महानगरपालिका उत्तरमा पाल्पा जिल्लाको गोठादी गाविस, चुरे पहाड र दक्षिणमा सिक्टहन गाविसको बिचमा पर्यटकीय नगरी को रूपमा रहेको छ । कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको, विभिन्न जातजातीहरूको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रूपमा रहेको छ ।