Back

ⓘ उदयपुर उपत्यका




                                     

ⓘ उदयपुर उपत्यका

उदयपुर उपत्यका मध्य पूर्वी नेपालमा कोशी नदीको पश्चिम क्षेत्रमा पर्दछ । कमला नदीले सिंचित यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो । त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहित छन् । उत्तरमा महाभारत पर्वत शृङ्खला तथा दक्षिणमा चुरे पहाडको सबैभन्दा होचो खण्डले घेरिएको यो उपत्यका प्रदेश नं. १ र प्रदेश नं. २ तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनिक संरचनामा रहेको छ । सिन्धुली तथा गाइघाट जस्ता नगरपालिका भएको यस उपत्यकामा कटारी,घुर्मी, भिमान लगायतका बजार समेत छन। महेन्द्रराज मार्गको लाहानबाट गाईघाट हुदै माथी जाने निमार्णाधीन सगरमाथा राजमार्गले तथा पश्चिम खण्डमा काठमाडौँ जोड्न बनाइदै गरिएको वि. पि. कोइराला राजमार्ग ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्त्वपूर्ण नगर क्षेत्र सिन्धुली माढी र गाईघाट जोड्ने पुरानो सडकमार्ग अझै पनि कच्ची नै रहेको छ। ६९,३४० जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका यो उपत्यकाको सबैभन्दा ठूलो नगर हो भने ३६,४४० जनसङ्ख्या भएको सिन्धुलीमाढी दोस्रो ठूलो नगर हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसिद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।